बाजुरा । दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । उक्त गाउँमा १३ घरपरिवार छन् ।
सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन् । स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङ बताउनुहुन्छ । गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उहाँको गुनासो छ ।
उक्त गाउँमा सबै जनजातिकमो बसोबास छ । गाउँमा बालविकास केन्द्रसम्म छैन । स्वास्थ्यचौकी वडा नं १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ। स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उहाँले कुनै खोप लगाउन र स्वास्थ्य जाँच पनि गराउन नपाएको बताउनुहुन्छ । गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवासमेत नपाएको उहाँको गुनासो छ ।
उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको छ तर जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढा बताउनुहुन्छ । त्यस गाउँमा सुरक्षाको समेत अभाव छ । प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ ।लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ । पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । लाम्पाटामा के भयो, के हँुदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछजस्ता सबै सूचनाबाट प्राय: बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: