Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

पाँचथरकि मनरुपाको दुःख : पहिराले २६ वर्षअघि साइँलो छोरो पुर्‍यो, अहिले काइँलो छोरो

खबरडबली संवाददाता

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर जाने ठाउँ पनि छैन । ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन । बैसठ्ठी वर्षीया मनरुपाले पहिरोकै कारण दुई छोरा र चार जना आफन्त गुमाउनुपरेको छ तर अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उहाँका दिन बितिरहेका छन् । 

“मेरो त भाग्य नै यस्तै होला”, गहभरि आँशु पार्दै मनरुपाले भनिन्, “पापी पहिराले पहिला साइँलो छोरा लग्यो, अहिले काँइलो ।” छब्बीस वर्षको अन्तरालमा दुई छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास छिन् । जोखिमपूर्ण बस्ती रहेको मिक्लाजुङ–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।

मनरुपाका अनुसार विसं २०५२ मा गएको पहिरोमा उनका साइँलो छोरासहित उनकी बहिनी, बहिनीका दुई छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए । 

यस वर्ष बेमौसमी वर्षापछि पुस्तौँदेखि खेती गर्दै आएको बारी तथा भिरपाखा भत्किए । मनरुपाका काइँला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए । 


क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पु(यो । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएका घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन । “हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ”, मृतक सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् । 

सात दलितसहित अठभैयाका नौ परिवार वर्षौंदेखि जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका बीचमा रहेको पाखामा घर बनाएर बसेका दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भनिन्, “अलिअलि पहिरो वर्षौंपिच्छे गइरहेको थियो । यसपालि ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।” तर पीडितले जोखिममा गुजारा चलाउँदै आएका भए पनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन ।

पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोषको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । “पहिले मेरो छोरोसहित आफन्त बित्दा सरकारले रु सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओछ्याउने दिएको थियो”, मनरुपाले भनिन्, “यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन ।” 

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीको छ । बाढी र पहिरामा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन् । यहाँ सडक, विद्युत्, खानेपानी, सिँचाइ, घर तथा गोठ, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतबारी तथा कृषिउपजमा बाढी र पहिराले निकै ठूलो क्षति पु¥याएको छ ।

बाढी र पहिराले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तव्यस्त हुँदा क्षतिको पूर्ण विवरणसमेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बेमौसमी वर्षाका कारण बाढी र पहिराले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending