चिफ एपीजे अब्दुल कलामको म्यासेज ! सञ्चार सेटमा चिफ अब्दुल कलामको म्यासेज आएपछी उनले रिडिङ गरेर उनको क्वार्टरमा गएर देखाए । ‘ओ, कैसा हुआ कान्छा ?’ म्यासेजको स्पेलिङ गलत रहेछ । म्यासेज पढेपछि कलामले प्रश्न गरे । ‘तुम तो हिन्दु हो ना ? कभी गलत नहीं करते थे क्यों ?’ माया र सद्भाव पनि व्यक्त गरे । विज्ञानमा बेठिक भनेको बेठिक नै हो, चाहे त्यो सानो होस् वा ठूलो । परमाणु विज्ञानको अनुसन्धान गर्ने ठाउँमा उनले दिएको म्यासेजको गलत अर्थ लागेमा त्यसले जस्तोसुकै असर पनि पारिदिन सक्थ्यो । गुरु कलामले त्यसलाई गम्भीर ढंगले उठाए र सामान्य ढंगले अन्त्य गरिदिए । यो एपीजे अब्दुल कलामको एउटा स्वभाव थियो । ‘विषय वस्तुलाई जसरी लियो, त्यसले त्यसरी नै प्रभाव पार्छ’ भन्ने उनको मान्यता हुन्थ्यो । उनी गल्तीहरुलाई सच्याउन र सामान्ययीकरण गर्नसक्ने खुबी भएका एक महान व्यक्ति थिए । उनी विज्ञानका विद्यार्थी । उनको अभ्यास नै त्यहि हुन्थ्यो । गल्तीहरुलाई सच्याउने ।काम गर्दा ‘गलत’ पनि हुन सक्छ, ‘सहि’ पनि भन्नेमा अब्दुल कलाम लचिला थिए । तर ‘काम गर्नु पर्छ’ यो उनको अन्तिम मान्यता थियो ।
तपाईं ठूलो मान्छे हो भने तपाईंले काम गर्नुपर्छ
०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको आगो रोल्पादेखि गोरखासम्म निकै तातिसकेको थियो । मुलुकका अन्य क्षेत्रमा पनि यसको प्रभाव पर्न सुरु भइसकेको थियो । उनलाई पनि युद्धको त्यो आगोले समात्यो । उनी माओवादीको पिटी (पार्ट टाईमर) कार्यकर्ता भएर युद्धमा लागे ।विक्रम संवत २०३० साल (सन् १९७३) मा पि.एन. क्याम्पस पोखराबाट आइएस्सी सिध्याएपछि त्यसपछिको अध्ययनको लागि भारतको मणिपुर पुगे नवलपरासीका यमबहादुर ढकाल । उहाँका दाजुहरु पनि मणिपुरमा बस्थे । मणिपुर पुगेपछि उनी भारतीय सेनाका सिपाही पदमा भर्ती भए । प्यारा मिलिट्रि फोर्सको सिग्नल बटालियन उनको कर्मक्षेत्र छानियो । त्यतिबेला त्यस निकायमा नेपालीलाई भर्ना लिइँदैन थियो । जागिर खाईसकेपछि उनी पल्टनको ‘रेडियो अपरेटर’ पदमा छानिए । जुन अन्य पल्टन भित्रका भारी कामहरु भन्दा अलि सहज तर निकै महत्वपूर्ण काम थियो । उनले सेनाको जागिर भएपनि त्यहाँ हतियार होइन सञ्चार सेट बोक्नु पर्दथ्यो । उनले चलाउने त्यो सञ्चार सेट वायरलेस कम्युनिकेसन क्यारियर वेभबाट चल्थ्यो । त्यसमा आएको म्यासेजहरु सेन्डिङ गर्ने र रिडिङ गर्ने काम गर्थे ढकाल । पब्लिकदेखि अफिसरसम्म सबैका म्यासेज पढ्ने र अफिसरलाई त्यो खबर आदान प्रदान गर्ने काम उनको हुन्थ्यो ।
प्रतिकृया लेख्नुहोस्: