Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’

रासस

काठमाडौँ ।  नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।

चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र विकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र (फिल्म) ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।

निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्राय: सामाजिक र यथार्थपरक  हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पा: सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार–संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध प्रस्तुति दिइएको छ ।

कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा प्ूरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?” 

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्नुहुन्छ, “जसले  महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”

वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।

वृत्तचित्रको कथा भन्ने शैली बेग्लै छ । यहाँ एक पुरूष (श्रीमान)ले आफ्नो यौन दृष्टिकोणमा कथावाचन गर्छ र यसलाई बिम्बको माध्यमबाट देखाइएको छ । क्रमश: पात्र, प्रवृत्ति र दृष्टिकोण खुल्दै जान्छ र कथित पुरूषत्वमाथि गतिलो प्रहार गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies