इलाम । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँणले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँणको भनाई छ ।
‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँणले भने । खाँणले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँणले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन् । वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ ।
पहिरोले घरहरूमा समेत क्षति पुर्याएकाले चाडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँणको भनाई छ । गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन् ।
पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँणले जानकारी दिए । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८० - २२:१३
देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापा १७ वर्षीय सबिन बाँस्कोटालाई
चैत्र १५ गते, २०८० - २२:०१
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना...
चैत्र १५ गते, २०८० - २१:५०
गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार...
चैत्र १५ गते, २०८० - २१:३५
काठमाडौं । बिहिबार नेप्से ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । ...
चैत्र १५ गते, २०८० - २१:३१
उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । अध्यक्ष परमेश्वर घिमिरेलाई पराजित गर्दै राउत निर्वाचित भएका हुन । राउतले ३...
चैत्र १५ गते, २०८० - २०:१२
Fostering Growth and Innovation: A Pivotal Meeting Between Parliamentary and Industry Leaders in Nepal's Tourism Sector. Kathmandu, In a signif...
चैत्र १५ गते, २०८० - २०:०६
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जोखिम व्य...
चैत्र १५ गते, २०८० - १९:०८
एमालेको किल्ला तोड्दै चारतारे झण्डा फहराउने दाउमा काँग्रेस
चैत्र १५ गते, २०८० - १८:३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ...
चैत्र १५ गते, २०८० - १६:०२
दैलेख । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।...
प्रतिकृया लेख्नुहोस्: