Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रधान्यायाधीशलाई पूर्व महान्यायाधिवक्ता श्रेष्ठले दिए यस्तो चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिएका छन् ।  

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनको विरोध प्रदर्शनमा बोल्दै उनले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु नबोलेको भन्दै यसप्रति राजनीतिक दलहरुले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । 

उनले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी समेत गरे । पूर्व महान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले प्रधानन्यायाधीश जबराले आफ्नो पालामा न्यायाधीशले विचौलियाको काम गर्ने अवस्था सिर्जना भएको बताए । 


पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशले न्यायालय ठीक किसिमले हाँक्नुभएन, न्यायालय भित्र भ्रष्टाचार बढ्यो, बेथिति बढ्यो अनियमितता बढ्यो, न्यायाधीशले पनि विचौलियाको काम गरिरहेको छ भन्ने ठाउँमा न्यायालय पुगेको छ, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा प्रधानन्यायाधीश भएको ३ वर्ष भयो, यो अवधिमा पेशाकै रुपमा न्यायालयले विचौलियाको काम शुरु गर्यो, एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै हुनुहुन्छ, भ्रष्टाचार भएको छैन भन्नुहुन्छ, हामी कसरी पत्याउने, त्यो इन्टरभ्यूले झनै राजीनामा दिनुपर्छ, राजीनामा आएन भने बारले थप आन्दोलन गर्छ, बारको निर्णयलाई नलत्याइयोस्, प्रधानन्यायाधीशलाई कुर्सीमा बस्ने अधिकार छैन । राजनीतिक दलका नेतृत्वहरुको दायित्व के हो, न्यायालय यो ठाउँमा पुग्दा उहाँहरुको केही दायित्व छैन ? आजको समस्याको समाधान प्रधानन्यायाधीशको निकास हो । न्यायालय उहाँको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र, भ्रष्टाचार मुक्त हुन सक्दैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीमा परेर सिन्धुलीमा एकजनाको मृत्यु, विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षती

काठमाडौं । सिन्धुलीमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-१ खारखोला बस्ने ७३ वर्षीया कृष्ण माया पौडेलको आगोले जलेर मृत्यु भएको हो ।...

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं। पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार...

राष्ट्रियसभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ जारी

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक...

पर्वतमा एक हजार चार सय हेक्टर जंगलमा डढेलो

पर्वत। यहाँका विभिन्न वन–जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ। डि...

विहिबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

काठमाडौं ।  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहा...

धनुषामा प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनाै सेल अश्रुग्याँस प्रहार

धनुषा। युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद...

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन  हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन ...

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । ...

हिमाल उक्लिदै औलो, कर्णालीका हिमाली जिल्लामा बढ्दै औलोका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies