Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

चार दशकअघि कर्णालीको बाढीबाट विस्थापित हुँदाको त्यो पिडा..

खबरडबली संवाददाता

भजनी । कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि धेरै विस्थापितको मनमा ताजै छ । त्यतिबेलाको बाढीले करोडौँ रुपैयाँको क्षतिमात्रै गरेन, सयौँ परिवार विस्थापित पनि भए । बाढीले कर्णाली नदीको तटीय क्षेत्रमा धेरै नोक्सान ग¥यो । 

त्यतिबेला नागरिकले सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई वस्तु चराउन सहज ठाउँलाई बढी रोज्थे । त्यसैले पनि कर्णाली नदीको तटीय क्षेत्र विशेष थियो । नजिकै जङ्गल भएका कारण पशु चौपायालाई बिहान लिएर जङ्गल छाडेपछि साँझ ल्याउन जानु पर्दैनथ्यो ।

विसं २०४० को बाढीका कारण विस्थापित भएका टिकापुरका बन्धु डगौंरा थारूको ३५÷४० बाख्रा, अन्नपात सबै बाढीले बगाएर विस्थापित हुँदा उनलाई निकै चिन्तित बनायो । उसो त वर्षातको समयमा सधैँ चिन्तामा रहने कर्णाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई बाढीले निकै सताउँदै आएको थियो । विसं २०४० को बाढीमा त थारूको मात्रै होइन त्यहाँ बसोबास गर्ने कसैको केही पनि बचेन । बाढीपछि उक्त बस्ती स्थानान्तरणका लागि धेरै प्रयास भए । अन्तिममा गाउँका बडघरसमेत रहनुभएका थारूको प्रयासमा त्यहाँको बस्ती नयाँ टीकापुरमा स¥यो । बस्ती स्थानान्तरणका लागि पनि उनलाई निकै सकस भयो । 

“बर्खाको दुई महिनाको पीडा सबैले क्षणभरमै भुलिहाल्थ्ये । अरु दिन त्यहाँका नागरिकलाई धेरै सहज थियो”, थारूले भने, “त्यहीँ सहजताका कारण पनि त्यो ठाउँ कसैले छाड्न मानेनन् । अन्तिममा थारू समुदायका छ÷सात घरबाट जग्गाको लालपुर्जा कब्जा गरेर त्यो बस्ती सार्न सफल भएका थियौँ ।”

तत्कालीन टीकापुर नगर विकास समितिले बाढी प्रभावित क्षेत्रका जसको जति जग्गा थियो त्यहीँ बराबरको जग्गा बाढीबाट विस्थापितलाई उपलब्ध गराएको थियो । थारू त्यतिबेला नयाँ टीकापुरमा २५ बिघा जग्गा प्राप्त गरेको बताउनुहुन्छ । “वर्षायाममा सधँै रातभर चैनको निद्रा सुत्न पाइँदैनथ्यो । सबै त्रासमा हुन्थ्यौँ”, उनले भने “बस्ती सार्ने बेलामा मलाई धेरैले गाली गरे । कतिसँग बोलचाल नै बन्द भयो । अहिले त्यहाँबाट बसाइँ सरेर आएकाहरू करोडौं रुपैयाँका मालिक बनेका छन् ।” उनले २५ बिघा जग्गा प्राप्त गरेको भए पनि अहिले थारूसँग एक कठ्ठा जग्गा मात्र बाँकी छ । उहाँले बेचेको जग्गामा अहिले घना बस्ती देख्न सकिन्छ ।

त्यस्तै कर्णालीको तटमा रहेको भगरैयाँगाउँ पनि टीकापुरको बस्ती स्थानान्तरणपछि त्यहाँबाट सारियो । करिब ३०० परिवारलाई नगर विकास समितिले त्यहाँ भएको अनुसारकै जग्गा उपलब्ध गराएर बस्ती सारेको  थारू बताउनुहुन्छ । “हामी बसेको बस्ती सरेपछि भगरैयाँ गाउँ सरेको हो । त्यतिबेला भगरैयाँ गाउँ हामी बसेको गाउँभन्दा बढी जोखिममा थियो । त्यहाँ त बर्सेनि बाढीको बितण्डा भइ नै रहन्थ्यो”, उहाँले भन्नुभयो, “हाम्रो बस्ती स्थानान्तरण भएको केही वर्षपछि मात्रै भगरैयाँ गाउँ सरेको थियो ।”

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढीलाई पनि स्थानीयवासी २०४० सालपछिकै ठूलो रूपमा हेरेका छन् । उसो त यसअघिका कयौँ बाढीमा विस्थापित भएकाकै कारण हाल टीकापुरमा सात शिविर छन् । शिविरमा बसेका नागरिकले अझै पनि बाढीको पीडालाई कम गर्न सकेका छैनन् । टीकापुरको साहीपुर, सिम्राना, बनगाउँ, दौलतपुरलगायतका बस्ती स्थानान्तरणको कुरा पटक–पटक उठ्ने गरेको छ । “अब बस्ती स्थानान्तरणका लागि सजिलो छैन । पहिले टीकापुरमा बस्ती बसाल्नु थियो । जति जग्गा माग्यो त्यति पाइन्थ्यो”, थारूले भन्नुभयो, “अहिले जग्गा नै छैन । स्थानान्तरण गरिएका बस्तीलाई कहाँ लिएर राख्ने भन्ने विकास समितिसँग निकै चुनौती छ । त्यसकारण पनि बस्ती स्थानान्तरण नभई त्यसको विकल्प खोज्नु उचित देखिन्छ ।” रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्दै आएको भए पनि संरचना विकासले पूर्णता पाउन नसकेको अवस्थामा बाढीको जोखिमबाट बच्न नसकेको स्थानीय भागिराम चौधरी बताउनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending