Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

चार दशकअघि कर्णालीको बाढीबाट विस्थापित हुँदाको त्यो पिडा..

खबरडबली संवाददाता

भजनी । कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि धेरै विस्थापितको मनमा ताजै छ । त्यतिबेलाको बाढीले करोडौँ रुपैयाँको क्षतिमात्रै गरेन, सयौँ परिवार विस्थापित पनि भए । बाढीले कर्णाली नदीको तटीय क्षेत्रमा धेरै नोक्सान ग¥यो । 

त्यतिबेला नागरिकले सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई वस्तु चराउन सहज ठाउँलाई बढी रोज्थे । त्यसैले पनि कर्णाली नदीको तटीय क्षेत्र विशेष थियो । नजिकै जङ्गल भएका कारण पशु चौपायालाई बिहान लिएर जङ्गल छाडेपछि साँझ ल्याउन जानु पर्दैनथ्यो ।

विसं २०४० को बाढीका कारण विस्थापित भएका टिकापुरका बन्धु डगौंरा थारूको ३५÷४० बाख्रा, अन्नपात सबै बाढीले बगाएर विस्थापित हुँदा उनलाई निकै चिन्तित बनायो । उसो त वर्षातको समयमा सधैँ चिन्तामा रहने कर्णाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई बाढीले निकै सताउँदै आएको थियो । विसं २०४० को बाढीमा त थारूको मात्रै होइन त्यहाँ बसोबास गर्ने कसैको केही पनि बचेन । बाढीपछि उक्त बस्ती स्थानान्तरणका लागि धेरै प्रयास भए । अन्तिममा गाउँका बडघरसमेत रहनुभएका थारूको प्रयासमा त्यहाँको बस्ती नयाँ टीकापुरमा स¥यो । बस्ती स्थानान्तरणका लागि पनि उनलाई निकै सकस भयो । 

“बर्खाको दुई महिनाको पीडा सबैले क्षणभरमै भुलिहाल्थ्ये । अरु दिन त्यहाँका नागरिकलाई धेरै सहज थियो”, थारूले भने, “त्यहीँ सहजताका कारण पनि त्यो ठाउँ कसैले छाड्न मानेनन् । अन्तिममा थारू समुदायका छ÷सात घरबाट जग्गाको लालपुर्जा कब्जा गरेर त्यो बस्ती सार्न सफल भएका थियौँ ।”

तत्कालीन टीकापुर नगर विकास समितिले बाढी प्रभावित क्षेत्रका जसको जति जग्गा थियो त्यहीँ बराबरको जग्गा बाढीबाट विस्थापितलाई उपलब्ध गराएको थियो । थारू त्यतिबेला नयाँ टीकापुरमा २५ बिघा जग्गा प्राप्त गरेको बताउनुहुन्छ । “वर्षायाममा सधँै रातभर चैनको निद्रा सुत्न पाइँदैनथ्यो । सबै त्रासमा हुन्थ्यौँ”, उनले भने “बस्ती सार्ने बेलामा मलाई धेरैले गाली गरे । कतिसँग बोलचाल नै बन्द भयो । अहिले त्यहाँबाट बसाइँ सरेर आएकाहरू करोडौं रुपैयाँका मालिक बनेका छन् ।” उनले २५ बिघा जग्गा प्राप्त गरेको भए पनि अहिले थारूसँग एक कठ्ठा जग्गा मात्र बाँकी छ । उहाँले बेचेको जग्गामा अहिले घना बस्ती देख्न सकिन्छ ।

त्यस्तै कर्णालीको तटमा रहेको भगरैयाँगाउँ पनि टीकापुरको बस्ती स्थानान्तरणपछि त्यहाँबाट सारियो । करिब ३०० परिवारलाई नगर विकास समितिले त्यहाँ भएको अनुसारकै जग्गा उपलब्ध गराएर बस्ती सारेको  थारू बताउनुहुन्छ । “हामी बसेको बस्ती सरेपछि भगरैयाँ गाउँ सरेको हो । त्यतिबेला भगरैयाँ गाउँ हामी बसेको गाउँभन्दा बढी जोखिममा थियो । त्यहाँ त बर्सेनि बाढीको बितण्डा भइ नै रहन्थ्यो”, उहाँले भन्नुभयो, “हाम्रो बस्ती स्थानान्तरण भएको केही वर्षपछि मात्रै भगरैयाँ गाउँ सरेको थियो ।”

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढीलाई पनि स्थानीयवासी २०४० सालपछिकै ठूलो रूपमा हेरेका छन् । उसो त यसअघिका कयौँ बाढीमा विस्थापित भएकाकै कारण हाल टीकापुरमा सात शिविर छन् । शिविरमा बसेका नागरिकले अझै पनि बाढीको पीडालाई कम गर्न सकेका छैनन् । टीकापुरको साहीपुर, सिम्राना, बनगाउँ, दौलतपुरलगायतका बस्ती स्थानान्तरणको कुरा पटक–पटक उठ्ने गरेको छ । “अब बस्ती स्थानान्तरणका लागि सजिलो छैन । पहिले टीकापुरमा बस्ती बसाल्नु थियो । जति जग्गा माग्यो त्यति पाइन्थ्यो”, थारूले भन्नुभयो, “अहिले जग्गा नै छैन । स्थानान्तरण गरिएका बस्तीलाई कहाँ लिएर राख्ने भन्ने विकास समितिसँग निकै चुनौती छ । त्यसकारण पनि बस्ती स्थानान्तरण नभई त्यसको विकल्प खोज्नु उचित देखिन्छ ।” रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्दै आएको भए पनि संरचना विकासले पूर्णता पाउन नसकेको अवस्थामा बाढीको जोखिमबाट बच्न नसकेको स्थानीय भागिराम चौधरी बताउनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है- सिके राउत

काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...

रास्वपाले महाधिवेशन निर्वाचनका लागि आयोग र समिति परिचालन गर्‍यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...

घण्टी बजाएर रास्वपा महाधिवेशन उद्घाटन, रवि-बालेनसँगै गगनले पनि बजाए घण्टी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका...

रास्वपा महाधिवेशन चितवनमा सुरु, गर्मी र भीडबीच वर्षाले राहत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि भरतपुर मा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू स...

रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भरतपुर मा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री काबिन्द्र बुर्लाकोटील...

भारतमा कार दुर्घटना, नेपाली युवाको मृत्यु

बिर्तामोड। भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश ०१०३...

पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...

आँपको मूल्य निर्धारण नहुँदा किसान समस्यामा

लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...

बिर्तामोडमा बर्षाले ३ तले घर भासियो

बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ ।  ७० वर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending