‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताउनुभएको छ । विभिन्न चाडपर्वका अवशरमा काठमाडौंको किर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो ।’
उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाँले नेता लेनिनको भनाई दोहोर्याउँदै भन्नुभयो, ‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्षले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन् ।’ आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’ उहाँले यस्तो सपना देख्नु नराम्रो नभएको बताउनुभयो । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको उर्जाले प्रमाणित गरेको अध्यक्षको भनाई थियो ।
एक अर्का प्रसंगमा उहाँले भन्नुभयो, ‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी रहेको बताउहुँदै उहाँले त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्ने बताउनुभयो । अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उहाँको भनाई थियो । भूमिहीन स्ववासीलाई लालपूर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धीत मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: