Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

रासस

काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् ।

आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्‍याउन उल्लेखनीय योगदान दिएवापत  युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।

उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए । भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो । सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको स्रराहना गरे ।

उनले भने, “नेपाल फर्किएकामा खुशी लागेको छ, तपाईं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ ।” अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भने, “मन्त्रालय तपाईको साथमा छ, तपाई खेलाडीका साथमा हुनुहुन्छ ।”

युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले  प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास  एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताए । सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिए 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending