Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

फूल किन्न व्यापारी घरमै आउन थालेपछि गृहिणी दंग

खबरडबली संवाददाता

महोत्तरी । नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।

तिहार सुरु हुन दुई/तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । “यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भनिन्, “अहिले व्यापारी आफैँ घर आएर ३०÷३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना ९अग्रिम पेश्की० थमाएर गएका छन् । तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उनको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उनी बताउँछिन् ।

महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घरआँगनको फूलबाट अतिरिक्त आम्दानी पाएका छन् । बस्ती–बस्ती पसेका फूल व्यापारीले हातहातमै पैसा थमाइदिएपछि फूल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ ।

बर्दिबास–६ का रेवती पोखरेलले भनिन्, “हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्ने गरी फूलका बोट बढाएर रोप्न पर्ला ।  शनिबार आँगन वरिपरिको लगभग ५० बोटका फूलवापत रु एक हजार ५०० रकम पाए ।”

तिहारअघि फूलको खोजीमा बस्ती–बस्ती पसेका व्यापारीले सर्वसाधारण गृहिणीको मन फूलखेती गर्नतिर खिचेका छन् । गतवर्ष नै यस्तो आम्दानी हात पारेका गृहिणीले त घरआँगन वरपर यसपालि फूलका बोट बढाएर लगाएको जानकारी दिए । यसपालि यस्तो आम्दानी हात पारेका गृहिणीले आघौँ ९आउने वर्ष० खेती नै जस्तो गरी फूल  बढाउने अठोट गरेका छन् ।


“फूल त व्यावसायिकरूपमै खेती गरे हुने भएछ, घरघरै व्यापारी आउँदा रहेछन्”, भङ्गाहा–५ राजपुरका हरिप्रिया महतो भन्छिन्, “घर प्रयोजनकै पानीबाट अलि बढाएर फूलखेती गर्न सकिने रहेछ ।” उनका छरछिमेकका गृहिणीले पनि अब फूल अलि बढाएर लगाउने र अतिरिक्त आम्दानी गर्ने सोच बनाएका छन् ।

“तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रहेछ”, भङगाहा –४ का लक्ष्मी  श्रेष्ठले भनिन्, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक जना व्यापारीले रु दुई हजार दिन्छु भनेर बैना दिएर गए ।” आर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अबचाहिँ तिहारलक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको उनको भनाइ छ ।

घर करेसा वरपर शोभाका लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी रु दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०–३५ वटा जति बोटका सयपत्री फूल लाँदा रु दुई हजार आम्दानी भएको बर्दिवास–६ कृष्णपुरकी गृहिणी सम्झना काफ्ले बताउँछिन् । करेसाकै फूलका बोटबाट सम्झनाले गरेको आम्दानी देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहार लागेसँगै फूल खोज्ने ग्राहक जिल्लाको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूलखेती गर्न आफ्नो गाउँटोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिबास–१२ की  गृहिणी उमा महतो जानकारी दिइन् ।
 
जिल्लामा फूलको व्यावसायिक खेती नभए पनि अब यस्को सम्भावना बढेको कृषिविज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्ष्य गरी यसको व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्रका जलेश्वरका कृषिविज्ञ बताउँछन् । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउको माग गरे बीउबिजन उपलब्ध गराउन सकिने केन्द्रका प्रमुख रामचन्द्र यादवले जानकारी दिए । 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ पालिकामध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा व्यावसायिकरूपमै फूलखेती गरेका छन् । त्यहाँका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै फूल लाने गरेका जनाइका छन् । यी  बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीका  रोजाइमा  पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल  राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुग्ने गरेको किसान, व्यापारी र कृषिविज्ञले बताएका छन् ।

पछिल्लोपटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा  सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको  ज्ञान केन्द्रले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending