Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

रोनाल्डो गोलले टोटनह्याममाथि युनाइटेडको सहज जीत, चेल्सी शीर्ष स्थानमा

खबरडबली संवाददाता

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल गरेको छ । गत हप्ता चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेपछि दबाबमा रहेका युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई यो जीतले केही राहत मिलेको छ ।

पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट भली गर्दै रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले एडिन्सन काभानीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । जीतपछि युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । 

१० खेलबाट युनाइटेडको १७ अंक रहेको छ । टोटनह्यामले लिगको आठौँ स्थानमा रहेको छ । उता चेल्सीले पुछारमा रहेको न्युक्यासलमाथि ३–० को जीत निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल भएको छ ।

फरवार्डद्वय रोमेलु लुकाकु र टिमो वेर्नरका साथै मेसन माउन्ट बिना मैदानमा उत्रेको चेल्सीका रिस जेम्सले दुई गोल गरे भने खेलको अन्त्यतिर जोर्गिन्होले पेनाल्टीबाट गोल गरे ।

जीतपछि चेल्सीले १० खेलबाट २५ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २२ अंक रहेको छ ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

नेपालगन्जका विद्यालय पुन: तीन दिन बन्द

नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending