Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

रोनाल्डो गोलले टोटनह्याममाथि युनाइटेडको सहज जीत, चेल्सी शीर्ष स्थानमा

खबरडबली संवाददाता

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल गरेको छ । गत हप्ता चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेपछि दबाबमा रहेका युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई यो जीतले केही राहत मिलेको छ ।

पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट भली गर्दै रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले एडिन्सन काभानीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । जीतपछि युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । 

१० खेलबाट युनाइटेडको १७ अंक रहेको छ । टोटनह्यामले लिगको आठौँ स्थानमा रहेको छ । उता चेल्सीले पुछारमा रहेको न्युक्यासलमाथि ३–० को जीत निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल भएको छ ।

फरवार्डद्वय रोमेलु लुकाकु र टिमो वेर्नरका साथै मेसन माउन्ट बिना मैदानमा उत्रेको चेल्सीका रिस जेम्सले दुई गोल गरे भने खेलको अन्त्यतिर जोर्गिन्होले पेनाल्टीबाट गोल गरे ।

जीतपछि चेल्सीले १० खेलबाट २५ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २२ अंक रहेको छ ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending