काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् ।
सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए ।
मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेसी हुनै नसक्ने र मधेसी अनुहार देखाएर महन्थ र राजेन्द्रहरुले मधेसी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप थियो ।
‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुईपटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको हो । तर केपी ओलीले पास हुन दिएन । तर आज बिडम्वना गणतन्त्र, संघीयता विरोधी समानुपातिक समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ ?’ प्रचण्डले प्रश्न गरे ।
प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाईदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेसका हुन् ? मधेसी हुन् ?’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरु मधेसका मित्र हुन् ?’
अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्छु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बइरीहरु को हो छान्नुपर्नेछ ।’
परिवर्तन विरोधी, सामन्ती, दलाल, निरंकुश, अहंकारी ओलीले धोका, विश्वासघात, बेइमानी र षडयन्त्र गरेर आफूलाई बादशाहजस्तो ठानेपछि घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पठाइदिएको उनको भनाइ थियो । ‘माओवादी आगो हो खेल्ने कोसिस नगर भनेको थिए,’ उनले भने, ‘अहिले बालकोट मात्र होइन बागमती गयो । लुम्बिनी, गण्डकी गयो । अब प्रदेश १ पनि जाँदैछ । माओवादीलाई जिस्क्याउन खोज्दा के हुँदो रहेछ हेर्नुस् त ।’
अध्यक्ष प्रचण्डले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई ओलीले पदमुक्त गरेकोमा पनि आक्रोश पोखे । ’मधेसको दलितलाई प्रदेश प्रमुख बनाएको थिए ओलीले देखिसहेन । हटायो । मैले फेरि बनाए,’ उनले भने, ‘को व्यवहारमा मधेसी जनताको हक अधिकारका लागि लड्छ, को गफ दिन्छ तपाईले फैसला गर्नुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: