Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

झापामा दैनिक ४ सय हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गर्छन्

खबरडबली संवाददाता

झापा । नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए । 

पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन । किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ) मा अनिदै रात बिताउने गरेको उनले जानकारी दिए ।  

जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए । बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भने, “जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन् । व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ ।” स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन् ।

उनले सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट बेहोर्ने गरेको जनाए । हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उनले बताए ।

जिल्लामा जुनसकै राजनीतिक दलका उमेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधैँ हार्ने गरेको दुखेसो सुनाउने गरेका छन् । भारत सरकारले जङ्गली जनावर मार्न नपाइने कडा कानूनी व्यवस्था गरेको तर स्थानीयवासीको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ । भूटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भूटानमा जङ्गली हात्तीले पु¥याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो । नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो । 

आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताए। भूटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताए । “हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन”, हिमालयले छोएको देशमा पर्यटन प्रवद्र्धनको साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आएको भारतीय संरक्षणविद् वसुले भने, “यो द्वन्द्वलाई अब पर्यटन विकासमा रुपान्तरण गर्नुको विकल्प छैन ।”

डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौँ होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवद्र्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भूटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उनले बताए । द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ ।

भारतबाटै आउने जङ्गली हात्तीले प्रदेश नम्बर १ को झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ । यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरेका छन् । तर समस्याको दिगो समाधान हुन सकिरहेको छैन । भूटान, भारत र नेपालले मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा बदल्न सक्ने साझा पहलका लागि सरकार र जनस्तरमा जुट्न ढिला गर्न नहुने उनको आग्रह छ । 

झापामा मानव–हात्ती द्वन्द्वलाई ग्रामीण पर्यटनमा रुपान्तरण गर्ने अभियानमा जुटेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले मदारीहाटको अवस्था देखेपछि नेपाल, भारत र भूटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको आफ्नो निष्कर्ष सुनाए । उनले समस्या समाधानका लागि भइरहेका प्रयासका आफ्ना अनुभवलाई अन्तरदेशीय मञ्चमा आदानप्रदान गरिनुपर्ने बताए ।

“भारतको मदारीहाट र नेपालको बाहुनडाँगीमा हात्तीको समस्या अध्ययन गर्ने हो भने कुनै फरक पाइँदैन”, झापाको उत्तरी भागमा हात्ती करिडोरको संरक्षण गरेर पर्यटन गन्तव्य बनाइनुपर्ने विषयमा पैरवी गर्दै आएको कार्की भन्छन्, “डुबर्समा हात्ती विचरण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर पर्यटक आकर्षण गरेको पाइन्छ । नेपालमा चाहिँ यस बारेमा सरकार र सरोकारवाला कसैले सोचेको पाइँदैन ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन प्रतितोला ५ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २०...

सल्यानको राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी

सल्यान। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ। जिल्ला प्...

होलीमा उम्मेदवार र दलको चिह्न अंकित कपडा लगाउन प्रतिबन्ध

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १८ गते मनाइने होली पर्वमा उम्मेदवार र राजनीतिक दलको चिह्न अंकित कपडा र कपडाजन्य सामग्री प्रयोगमा प्रतिबन्...

यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न दूतावासको आग्रह

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।  मध्यपूर्व क्ष...

पत्रकार आचार्यमाथि आक्रमण गर्ने पाँच जनाविरुद्ध किटानी जाहेरी

विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहेका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता ...

इजरायली आक्रमणमा होर्मोजगानको विद्यालयमा २४ विद्यार्थीको मृत्यु

काठमाडौं । इरानको होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ। दक्षिणी इरा...

इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्...

हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइनौँ, प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा छोड्दैनौ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन्।...

किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार ...

बिसीको डकुमेन्ट्री सार्वजनिक गरिनु, मिडियामा मत सर्वेक्षण गरेर मतदाताको मनोविज्ञान प्रभावित बनाउन खोजियो: एमाले

सुर्खेत। नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE