तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्नुभयो । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो ।
लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक ५ गतेबाट झाट्न सुरु भयो तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकांश धान खेतमै नष्ट हुँदा उनको परिवार चिन्तामा छ । “सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो ।” उनले भने, “यो वर्ष १० मुरिजति पनि फल्न गाह्रो छ ।” धान उत्पादन कम हुने भएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उनले गुनासो गरे।
धुर्कोट गाउँपालिका–५ वस्तु गान्टारीका कृष्णप्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोप्नुभएको छ । साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ तर यही समयमा परेको अविरल वर्षाका कारण अधिकाशं धान ढल्यो । यसले गर्दा उत्पादनमा कमी हुने उनी बताउछन् । “परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन ।” चिन्तित हुँदै उनले भने, “यस वर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो ।” सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो वर्ष धानको आशा नरहेको उहाँले गुनासो गर्नुभयो । यसका साथै उहाँले आफूजस्ता थुप्रै किसान वर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गर्नुभयो । अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उनले चिन्ता व्यक्त गरे ।
उहाँहरुजस्ता धेरै किसान बेमौसमी वर्षाका कारण चिन्तित छन् । जिल्लाको अम्मरपुर, घ्यूबेँसी, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङलगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ उन्नत जातका धान लगाइन्छ ।
त्यस्तै हंसराज, वर्णशङ्कर, शङ्करलगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ । उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन तर हंशराजलगायतको धान बढी ढलेको छ । काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चँुडिन थालेको छ । जसका कारण किसान मर्कामा परेका छन् ।
जिल्लामा कूल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो । यसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन् । २९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा वर्षाले क्षति पु¥याएको छ । अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने बताए । “ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।” उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: