Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

खबरडबली संवाददाता

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती  ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताए।  “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ”, उनले भने । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उनले बताए ।

“मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ”, उहाँले भन्नुभयो । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।

जङ्गली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन 

जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षति गर्न थालेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नगरप्रमुख ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । 

हात्ती नियन्त्रणका लागि सुरक्षा निकायको  २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ११ र १२ प्रभावित रहेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने कार्य र विद्युतीय बारलाई व्यवस्थित पार्ने कार्य भइरहेको प्रमुख संरक्षण अधिकृत पुर्जामगरले बताउनुभयो । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने कार्य भइरहेको उहाँको भनाइ रहेको छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मार्कामा परेका छन् । जङ्गली हात्तीले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसितसमेत भएका छन । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहरदोहर गर्दै आएका छन् । स्थानीयवासीले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।
 
प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । बर्सातका बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।  निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पु¥याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो९करिडोर० मासिदा हात्तीले अधिक नोक्सनी पु¥याउने गरेको वन्यजन्तु विज्ञको भनाइ रहेको छ । 

“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरु भन्छन्, “प्रजननका बेला मात चढेको मत्त(भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।” छावा माथि आक्रमण हुनसक्ने ठानेमा समेत जोगाउनका लागि हात्ती हिंसक हुने गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending