Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पार्टनरकाे मन जित्न सक्नुभएन ? यसाे गर्नुहाेस्

खबरडबली संवाददाता

काठमाडाै । आफ्नो पार्टनरलाई लिएर जो कोही पनि सचेत हुने गरेको पाइन्छ । तर, कहिले काहीँ जानी नजानी विभिन्न गल्तीहरु हुन सक्छन् । जसले सम्बन्धमा फाटाे समेत उत्पन्न गराउँछ । बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ। तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन्। आफ्नो पार्टनरलाई सधैँ खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न यसो गर्नुहोस्ः

सुगन्धित बन्ने

संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ। सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ। तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने बास्नादार अत्तर,परफ्युमको प्रयोगले प्रेम र आर्कषण कायम रहने तथ्य शोधले पत्ता लगाएको छ।

श्रृङगार गर्ने

हप्तामा एकपटक आ–आफ्नो पार्टनरको मनपर्ने श्रृङगार र ड्रेसअपमा प्रस्तुत हुन सकिन्छ। सधैं एउटै ड्रेसअपमा भन्दा स्टाइलिस ड्रेस र हेयर स्टाइलमा सजिन सकिन्छ। तर स्टाइलस भन्दैमा असुहाउदो रुपमा प्रस्तुत हुदा आलोचित होइन्छ कि भन्ने कुरामा ध्यान दिन जरुरी छ।

सरप्राईज दिने

केही न केही नसोचेको कुरामा पार्टनरलाई सरप्राईज दिनुको मज्जा बेग्लै हुन्छ। समय मिलाएर छुट्टीको दिन फिल्म,सपिङ,डिनरको लागि जाने गनुपर्छ। निजी सवारी छ भने समय समयमा लङ ड्राइभमा जाने ।

आफूलाई फिट राख्ने

शारीरिक बनोट पार्टनरबीच आर्कषणको एक महत्वपूर्ण माध्यम मानिएको छ। तसर्थ स्वयंलाई फिट रहन जरुरी छ। तसर्थ मन र तनबाट तपाई स्वस्थ र फिट रहन जरुरी छ।

कुराकानीको शैलीमा ध्यान दिने

शोधका अनुसार कुराकानीमा निपुर्ण महिला वा पुरुष एकअर्काप्रति छिटो आकर्षित हुने गरेको पाइएको छ। त्यसैले आफ्नो कुराकानीको शैलीलाई ध्यान दिनु जरुरी छ। कुराकानी गर्दा नकरात्मक असर पुर्याउने खालको कुरा गरे तपाईको छबिलाई नराम्रो प्रभाव पर्दछ। यदि तपाइको पार्टनर कुनै किसिमको तनावमा छ भने उसको कुरा ध्यान दिएर सुन्नुहोस्। हरेक किसिमको समस्यामा तपाई आफ्नो पार्टनरको साथमा संगै हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस्।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending