Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बाढीको उच्च जोखिममा कावासोतीः स्थानीयवासी चिन्तित

खबरडबली संवाददाता

कावासोती ।  केरुङगे खोलामा भइरहेको अव्यवस्थित उत्खननका कारण नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा रहेको छ । 

केरुङगे खोलाको मुहान क्षेत्रमा संरक्षणको अभाव र तल्लो क्षेत्रमा अव्यवस्थित उत्खननका कारण नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा परेको हो । 

खोलाको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा  भूक्षयीकरण हुने क्रम बढ्दै जाँदा र तल्लो क्षेत्रमा केरुङ्गेको सही व्यवस्थापन गर्न नसक्दा सदरमुकाम कावासोतीलगायत आसपासका गाउँ उच्च जोखिममा रहेको बताइएको छ । कुनै बेला एक दुई मिटरको खोला अहिले हात्तीखोर क्षेत्रमा दुई सय मिटरभन्दा बढी र अन्य स्थानमा कम्तीमा ५० मिटर चौडा भएको छ । 

केरुङ्गे खोलाले सयौँ बिघा जमिन कटान गरेको छ । कावासोतीको हात्तीखोरबाट बस्ती क्षेत्रमा प्रवेश गर्ने यस खोलाले कावासोती १, ५, ३, ४, ९, १६, १४,१५ सहित हुप्सेकोट गाउँपालिका–४ को सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिसकेको छ । तर खोला नियन्त्रणका लागि व्यवस्थित र दीर्घकालिन योजना अझै बन्न सकेको छैन् । यसले त्यस क्षेत्रका नागरिकको चिन्ता थपिएको छ । 

कावासोती बजार भन्दा खोलाको सतह क्रमशः बढ्दै गएको छ । कावासोती ३ र ५ बाट कुनै पनि समय खोला कावासोती बजार क्षेत्रमा प्रवेश गर्ने जोखिम रहेको छ । खोला बस्तीमा पसे जिल्लाको सदरमुकामको रुपमा रहेको कावासोती बजारको अस्तित्व नै सङ्कटमा पर्नसक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । 

केरुङ्गे खोलामा आउने बाढीको पछिल्लो स्वरूपले खतराको सङ्केत गर्दै गएको छ । यसवर्षको बाढीमा अन्य वर्ष भन्दा धेरै ठूला ढुङ्गा केरुङ्गेमा देखिएका छन् । यसले मुहान क्षेत्रको पहाडमा ठूलो पहिरोको सङ्केत गरेको छ । यसैले मुहान क्षेत्रको अवस्था विश्लेषण गरी समयमै उक्त क्षेत्रमा ठूलो भूक्षयीकरण हुन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । 

केरुङ्गे खोलाको क्षति न्यूनीकरणका लागि वृहत परियोजना बनाउन आवश्यक रहेको नवलपुर क्षेत्र नंं २ का सङ्घीय सांसद तिलक महतको भनाइ छ । यसको नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले  उच्च प्राथमिकता दिएर प्रभावकारी योजना बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले कावासोती नगरपालिकाले यसको नेतृत्व लिएर विस्तृत आयोजना प्रतिवेदन ९ डिपिआर० बनाउनुपर्ने र त्यसपछि यसको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

सो खोलाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि त्यसको मुहान क्षेत्रमा संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा स्थानीयवासी विष्णुप्रसाद भुषालले जोड दिए । त्यसका लागि मुहान क्षेत्रका बस्तीलाई तल स्थानान्तरण गरी सो क्षेत्रमा बायो इञ्जिनीयरिङ गरेर रिटर्निङ वाल लगाएर संरक्षण गर्नुपर्ने उनले भने। यसका साथै त्यहाँको माटो सुहाउँदो वृक्षरोपण गर्नुपर्ने उनको सुझाव  छ । 

“विसं २०२९ तिर केरुङ्गे गहिरो र नियमित पानी बग्ने गर्थो, पछि खोरिया फाड्ने काम भयो, २०३६ को जनमत सङ्ग्रहका समयमा वन फँडानी तीव्र बन्यो, यसले खोलाको आकारमा परिवर्तन हुँदै गयो”, स्थानीयवासी  भुषालले भने “मुहान क्षेत्रका पहाड मानवीय क्रियाकलापका कारण झन कमजोर बन्दै जाँदा खोला थप खहरेमा परिवर्तन हुनसक्छ ।” 

 फलाम उत्खननको कुरा चलिरहँदा  यो खोलाले कावासोतीलाई अर्को मेलम्चीका रुपमा परिवर्तन गर्नसक्छ कि भन्ने चिन्ता स्थानीयवासीमा छ । केरुङ्गे कावासोती– १ हात्तीखोरबाट प्रवेश गरेपछि कावासोती–१५ सम्म १५ किलोमिटर लम्बाइको छ । तीमध्ये केही भाग वनका कारण सुरक्षित अवस्थामा छ । दुवै तर्फ गरेर करिब २५ किलोमिटरमा दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्ने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व अध्यक्षसमेत रहनुभएका भुषालले बताए । 

अव्यवस्थित विकासले विनाश निम्ताएको स्थानीयवासी  शिवप्रसाद भट्टराईको भनाइ छ । “धौवादी पहाड शृङ्खलाका विभिन्न क्षेत्रमा केरुङ्गेका मुहान रहेका छन् । ‘अहिले विकासको नाममा दुई वटा घर भएका क्षेत्रमा समेत डोजरले खनेर बाटो लाने प्रवृति रहेको छ, यसले थप क्षति पु¥याइरहेको छ”, उनले भने। 
 
केरुङ्गे खोलाको मुहान राम्चे, हर्देखोला, धौवादी, काउले, ल्हापे, बसेनी, पोखरीलगायत रहेको र फलाम खानी समेत यसै क्षेत्रमा रहेकाले भोली खानी उत्खनन् सुरु हुँदा कावासोतीको बस्ती झन जोखिममा पर्ने भन्दै स्थानीयवासी चिन्ता व्यक्त गर्दै आएका छन् । “अहिलेनै खोलाको क्षति धेरै छ, यसको मुहान फलाम खानी भएकै क्षेत्र हो, फलाम खानी उत्खनन् सुरु भए कावासोतीको अवस्था के होला”, पूर्वजनप्रतिनिधि श्याम रानाको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending