काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल भएको छ। दशैं बिदापछि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने सम्मेलनको तयारीबारे छलफल भएको हो।
बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘आजदेखि बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल सुरु भएको छ,’ उनले भने, ‘अव मंगलबार बिहान ८ बजे पुनः बैठक बसी थप छलफल हुनेछ।’ माओवादीले यही पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।
स्थानीय सम्मेलन, विभाग गठन तथा पुनर्गठन र पार्टी सदस्यता नवीकरणका विषयमा समेत छलफल सुरु भएको उनले जानकारी दिए। बैठकमा विविध विषय छलफल भए पनि कुनै टुंगोमा भने नपुगेको उनले बताए। महराका अनुसार मंगलवार बिहान ८ बजेका लागि अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा सम्मेलनबारे निर्णय हुने बताइएको छ।
भोलिको बैठकमा सबै विषयमा खुला छलफल हुने र आजै कुनै निर्णय नभएको महराले जानकारी दिए। माओवादी केन्द्रले एमालेसँगको एकता टुंगिएसँगै पार्टीले पुनर्संरचना गर्ने बताएको छ। त्यसका लागि माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी बाँडफाँट गरिसकेको छ भने कमिटी बिस्तारको रणनीति बनाएको छ।
माओवादी केन्द्रको संगठन विभागले तयार पारेको योजना अनुसार ३० लाख पार्टी सदस्य बनाउने पार्टीको नीति छ। नेपाली कांग्रेस र नेकपा एमाले भन्दा ठुलो पार्टी बनाउने योजना माओवादी केन्द्रको स्थायी कमिटीको यसअघिका बैठकले अनुमोदन गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: