Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पर्यटकलाई आकर्षण गर्दै लोहोकिल पार्क

खबरडबली संवाददाता

खोटाङ : खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी रु २४ लाख २९ हजार ७०६को लागतमा पार्क निर्माण गरिएको हो ।

विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए । 

“सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी बरपीपलको ठूलो रुख ढालिएको थियो”, उनले भने, “ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।” 

ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै  पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए । 

यसैगरी उपभोक्ता समितिबाट ९दश प्रतिशत० रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्क शुभारम्भ गरेका थिए ।  

भौतिक पूर्वाधार निर्माणमा जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि देखिएको गाउँपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासलाई जोड दिएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौँ वडा रहेको उक्त गाउँपालिकाका हरेक वडामा एक÷एक  पर्यटकीय गन्तव्य बनाउन धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नति भइरहेकोे छ । 

पर्यटन प्रवद्र्धनअन्तर्गत पर्यटकीयस्थल कपासेभञ्ज्याङमा राष्ट्रिय विभूति पार्क, इन्द्रेणीपोखरीमा इन्द्रेणीको आकृति, रोक्सिमभञ्ज्याङमा रहेको भालेढुङ्गा स्तरोन्नतिलगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । 

छिमेकी जिल्ला भोजपुरसँगको सिमानामा पर्ने कपासेभञ्ज्याङमा प्रदेश नं १ सरकारको समेत लगानी रहेको त्यहाँका वडाध्यक्ष दीपेन थुलुङले बताए । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका छन् । विश्वप्रसिद्ध त्रिधार्मिक धाम हलेसी आउने पर्यटकलाई आफ्नो क्षेत्रमा तान्ने उद्देश्यका साथ जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति, पूर्वाधार निर्माण एवं प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुइपामा यलम्बरको मूर्ति, किराँत ऐतिहासिकस्थल मझुवागढीमा वाबु चिन्डो, बगरेभञ्ज्याङमा पेनटावर तथा कृतिम ताल, रुपाकोटमा भ्यूटावर, भुलभुलेमा रुवालुङ भरना बनाउन थालेकोे छ । उता, त्रिधार्मिकधाम हलेसीमा रहेको हलेसी तुवाचुङ नगरपालिकाले पनि पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिएको छ । 

एघार वडा रहेको उक्त नगरपालिकाले वडा नं ७ महादेवीस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा ९रकगार्डेन०, मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा, मङ्गलटारमा रहेको महादेव बुक्टो स्तरोन्नतिलगायत कामलाई तीव्रता दिएको हो  ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा विकास एवं प्रवद्र्धन गर्न नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा स्तरोन्नतिका कामलाई जोड दिएको हो । रासस 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies