मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । पूर्वमन्त्री भानुभक्त ढकालले मुलुकमा स्थायित्व कायम कायम गर्न सबैलाई समेटी अगाडि बढ्न युनियन लाग्नुपर्नेमा जोड दिए ।
युनियनका पूर्वअध्यक्ष एवं प्रदेशका पूर्वमन्त्री हिक्कतकुमार कार्कीले विद्यार्थी हकहित, लोकतन्त्रको संरक्षण र लागुपदार्थ मुक्त नेपाल बनाउने अभियानमा युनियन आगाडि बढ्न आग्रह गरे ।
युनियनका केन्द्रीय अध्यक्ष सुनिता बरालले देशलाई समृद्ध र सुुखी बनाउन साझा लक्ष्यका साथ युनियनले कार्य गर्नुपर्नेमा जोड दिँदै देशभक्त र इमान्दार विचारका विद्यार्थी बनाउन योगदान पुर्याउनु पर्ने बताए । युनियनका प्रदेश अध्यक्ष रवीन्द्र सुवेदी, नेकपा एमाले प्रदेश कमिटी सचिव विनोद ढकाल, नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल खेलकूद महासङ्घका उपाध्यक्ष पर्शुराम बस्नेत, युनियनका उपमहासचिव भाष्कर खनाल र गोकर्ण घिमिरेले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा र निजी विद्यालयमा पिछडिएका क्षेत्रका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: