बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।
आइतबार शपथ लिनेमा कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, बाँकेबाट सुरेन्द्र हमाल वन वातावरण तथा भू–संरक्षण मन्त्री र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् । यस्तै राज्यमन्त्रीमा कांग्रेसबाटै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि शपथ लिएका छन् । यस्तै माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी छन् ।
यस्तो छ लुम्बिनीको मन्त्रिमण्डल :
१. कुलप्रसाद केसी मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय
२. डिल्लीबहादुर चौधरी मन्त्री, पर्यट, ग्रामिण तथा शहरी विकास
३. कृष्णध्वज खड्का मन्त्री, आर्थिक मामिला तथा सहकारी
४. सहसराम यादव मन्त्री, भौतिक पूर्वाधार विकास
५.तिलकराम शर्मा मन्त्री, आन्तरिक मामिला तथा सञ्चार
६.इन्द्रजित थारु मन्त्री , स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण
७.वीरबहादुर राना मन्त्री, उर्जा, जलस्रोत तथा सिंचाई
८. सुरेन्द्रबहादुर हमाल मन्त्री, वन, वातावरण तथा भू–संरक्षण
९. अजय शाही मन्त्री, उद्योग बाणिज्य तथा आपूर्ति
१०. रमा घर्ती मन्त्री, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक
११.सुमनशर्मा रायमाझी मन्त्री, कृषि, खाध्य प्रविधि तथा भूमि व्यवस्था
१२. पूमति ढेंगा मन्त्री, श्रम, रोजगार तथा यातायात व्यवस्था
१३. वसिउद्दीन खाँ मन्त्री, शिक्षा, विज्ञान, युवा तथा खेलकुद
१४.विमला कुमारी खत्री राज्यमन्त्री, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण
१५.अर्जुन कुमार श्रेष्ठ राज्यमन्त्री, उर्जा, जलस्रोत तथा सिंचाई
१६.सुष्मा यादव राज्यमन्त्री, कृषि, खाध्य प्रविधि तथा भूमि व्यवस्था
१७.रिना नेपाल विक राज्यमन्त्री, पर्यट, ग्रामिण तथा शहरी विकास
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: