Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पारे । 

नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्दै मन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गरी समृद्धि निर्माणका लागि आफू प्रतिबद्ध रहेको सुनाए । उनले सरकारले पढ्दै, कमाउँदै कार्यक्रम ल्याएको भन्दै त्यसलाई कार्यान्वयन गर्न समुदायस्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रुपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताए । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविज्ञ विमल फुँयालले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षामा लगानी बढाउन र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल चलाउन आग्रह गरे । शिक्षाविद् डा विद्यानाथ कोइरालाले संविधान र दलीय घोषणापत्रमा जनमुखी र उत्पादनमूलक शिक्षा भनिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्योल देखिएको बताए ।

कार्यक्रममा नेकपा (एमाले)का सांसद विद्या भट्टराईले सार्वजनिक शिक्षाका लागि आफ्नो पक्षबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्ले, मानवअधिकारवादी गौरी प्रधान, ग्लोबल एक्सन फर एजुकेशन अन्तर्राष्ट्रिय अध्यक्षलगायतले एनसिइ नेपालको सार्वजनिक शिक्षा अभियानको सफलताको कामना गरेका थिए । एनसिइ नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले मुलुकका ४५ जिल्ला शाखामा अभियान पुगेको र ४१६ शैक्षिक संस्था आबद्ध भएको जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending