बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक रु ५० हजारका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो ।
नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए । कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा सङ्क्रमण भएर मृत्यु भएको चार र दोस्रो लहरको सङ्क्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ ।
नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए । ‘सङ्क्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ’, नगर प्रमुख वाइबाले भने, ‘विपद् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ ।’ नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए ।
त्यस्तै सङ्क्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि रु २५ हजारका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: