कर्णाली । लिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले जानकारी दिए ।
उनले भने, ‘अनुगमनका क्रममा पाँच दिनअघि प्रशासनले वीरेन्द्रनगर नपा–६ सुर्खेत शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरी नष्ट गरिएको छ ।’
गत भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजस्व कार्यालयले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य पदार्थ बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । त्यसैगरी प्रशासनको अगुवाइमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने तथा गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगङ्गा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने २५ पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको सूचना अधिकारी रानाले बताए । त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा, केबी हिरो मिठाइ, क्रिम मिल्क र हरियो मटर गरी ३०७ पोका तथा कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको उनले बताए ।
उनका अनुसार बरामद गरिएका अखाद्य वस्तु सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो ।
दसैँ तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । सबैले देख्ने गरी कानुनबमोजिमको भाडादर बसपार्क क्षेत्र, काउण्टर र प्रतिक्षालयमा टाँस्न, कोभिड–१९ अन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, क्षमताअनुसार यात्रु चढाउन, गाडीको अवस्था बुझेर मात्र सञ्चालन गर्न, यात्रुको भीडभाड हुने मुख्य–मुख्य बसपार्कमा यात्रु सहायता कक्षा राख्नेलगायतका निर्देशन यातायात व्यवसायीलाई दिइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: