कर्णाली । लिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले जानकारी दिए ।
उनले भने, ‘अनुगमनका क्रममा पाँच दिनअघि प्रशासनले वीरेन्द्रनगर नपा–६ सुर्खेत शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरी नष्ट गरिएको छ ।’
गत भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजस्व कार्यालयले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य पदार्थ बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । त्यसैगरी प्रशासनको अगुवाइमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने तथा गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगङ्गा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने २५ पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको सूचना अधिकारी रानाले बताए । त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा, केबी हिरो मिठाइ, क्रिम मिल्क र हरियो मटर गरी ३०७ पोका तथा कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको उनले बताए ।
उनका अनुसार बरामद गरिएका अखाद्य वस्तु सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो ।
दसैँ तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । सबैले देख्ने गरी कानुनबमोजिमको भाडादर बसपार्क क्षेत्र, काउण्टर र प्रतिक्षालयमा टाँस्न, कोभिड–१९ अन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, क्षमताअनुसार यात्रु चढाउन, गाडीको अवस्था बुझेर मात्र सञ्चालन गर्न, यात्रुको भीडभाड हुने मुख्य–मुख्य बसपार्कमा यात्रु सहायता कक्षा राख्नेलगायतका निर्देशन यातायात व्यवसायीलाई दिइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: