रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।
बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिँदै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ । “हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौँ”, विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले भने , “अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुच पुग्नेछ ।” अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनको भनाइ छ ।
विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ । यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताए । अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रवासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ । अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता छ । अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ । यसलाई विस्तार गर्दै ५० शय्यासम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ ।
विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा प्रवीन कर्माचार्य र दिनेश थापाको टोली तथा विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो । धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा आउटरिच सेन्टर चलाउँदै आएको छ ।
बौद्ध विश्वविद्यालयले सहकार्यका लागि प्रस्ताव गरेको हो । अस्पतालका डा कर्माचार्यले लुम्बिनीमा स्वास्थ्य सेवाका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताए । “हामी बौद्ध विश्वविद्यालयसँग जोडिन पाउदा खुसी छौँ, अस्पतालको योजना पूरा हुनेछ”, उनले भने ।
अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफलसमेत गरेको छ । सो अवसरमा उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सञ्जीव हुमागाईंले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने सुनाए । स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उनको भनाइ छ ।
टोलीमा सहभागि लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपानेले लुम्बिनीमा जनरल सेवासहितको अस्पताल आवश्यक रहेको बताए । विश्वविद्यालयले विभिन्न दातासँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ । धुलिखेल अस्पतालले प्राविधक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ । तत्काल सानो स्वरुपमा अस्पताल सुरु गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: