काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ ।
यहाँ आज आयोजित भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गर्नुभयो भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरे ।
प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ ।
स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गरे ।
परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलाले सुझाव दिएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...
बैशाख १५ गते, २०८३ - २०:४१
गोरखा । केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मतसम्भार गर्दैछन्। जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ ग...
बैशाख १५ गते, २०८३ - २०:३६
यो एउटा गम्भीर र संवेदनशील विषय हो। सहरको 'कुरुप' हटाउने नाममा मान्छेको 'पिरती' र 'बाँच्ने आधार' भत्काउँदा निस्कने आँसुले विका...
बैशाख १५ गते, २०८३ - २०:२२
कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका दुई स्थानबाट क...
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...


प्रतिकृया लेख्नुहोस्: