काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४१ दशमलव ८४ अङ्कले उकालो लागेर दुई हजार ६१२.६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ०४ विन्दुले बढेर ४९२ दशमलव ०३ मा पुगेको छ ।
नेप्से सूचक एक प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ ले अङ्कले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २६५ दशमलव ६८, उत्पादन १०७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १३६ दशमलव ४, जीवन बीमा ३०७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १३ करोड ६६ लाख ५० हजार बराबरको कारोबार भयो । यस्तै मेरोमाइक्रोफाइनान्स लघुवित्त रु ११ करोड ८६ लाख ११ हजार ६२९, हिमलायन डिस्टिलर रु सात करोड ३४ लाख नौ हजार ९८३, सिटिजन्स बैंक रु छ करोड ७२ लाख ३९ हजार ३४८ र रिडी हाइड्रोपावर कम्पनी रु छ करोड ५० लाख ८१ हजार ७०७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबारका आधारमा आज विभिन्न सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतकोको नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नौ दशमलव ८४ प्रतिशतले बढेका छन् ।
नेप्सेमा आजको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै आजको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स तीन दशमलव ३२ प्रतिशत, माउण्टेन इनर्जी तीन दशमलव ३ प्रतिशत, साल्ट टे«डिङ दुई दशमलव ६२ प्रतिशत र रिडी हाइड्रोपावर दुई दशमलव १० प्रतिशतले घटेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: