काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४१ दशमलव ८४ अङ्कले उकालो लागेर दुई हजार ६१२.६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ०४ विन्दुले बढेर ४९२ दशमलव ०३ मा पुगेको छ ।
नेप्से सूचक एक प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ ले अङ्कले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २६५ दशमलव ६८, उत्पादन १०७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १३६ दशमलव ४, जीवन बीमा ३०७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १३ करोड ६६ लाख ५० हजार बराबरको कारोबार भयो । यस्तै मेरोमाइक्रोफाइनान्स लघुवित्त रु ११ करोड ८६ लाख ११ हजार ६२९, हिमलायन डिस्टिलर रु सात करोड ३४ लाख नौ हजार ९८३, सिटिजन्स बैंक रु छ करोड ७२ लाख ३९ हजार ३४८ र रिडी हाइड्रोपावर कम्पनी रु छ करोड ५० लाख ८१ हजार ७०७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबारका आधारमा आज विभिन्न सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतकोको नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नौ दशमलव ८४ प्रतिशतले बढेका छन् ।
नेप्सेमा आजको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै आजको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स तीन दशमलव ३२ प्रतिशत, माउण्टेन इनर्जी तीन दशमलव ३ प्रतिशत, साल्ट टे«डिङ दुई दशमलव ६२ प्रतिशत र रिडी हाइड्रोपावर दुई दशमलव १० प्रतिशतले घटेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: