बागलुङ । भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दसैँ मुखैमा आइपुग्दा पसल खुल्ने÷नखुल्ने अनिश्चित छ ।
चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ कार्यालयले जनाएको छ । गत वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताए । “भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ”, उनले भने, “चिनी आउँदासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।”
दसैँअघि पसल खोल्न अब असम्भव देखिन्छ । बेलैमा चिनी आए तिहार र छठलाई लक्षित गरेर पसल खोल्ने योजना कार्यालयले बनाएको छ । सहज स्थितिमा दशैँको नवदुर्गा लाग्नुअगावैदेखि पसल सञ्चालनमा आइसक्थ्यो ।
चाडपर्वका बेला उपभोक्तालाई थोरै भएपछि सहुलियत दिने उद्देश्यले कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नून बेच्ने गर्छ । कार्यालय प्रमुख श्रेष्ठले काठमाडौँबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताए ।
“वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो”, उनले भने, “मन्त्रालय तहबाटै पक्रिया लम्बिए जस्तो देखिन्छ ।” चाडपर्वमा अभाव हुन नदिन कर्पोरेशनले गत वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।
अर्थ मन्त्रालयको स्वीकृतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्छ । चिनी खरिदको प्रक्रिया लम्बिदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । पसल खुले सस्तोमा चिनी÷नून किन्न पाइने आशमा उपभोक्ता छन् । पसल सञ्चालनमा आउँदा दैनिक सयौँको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मेको स्थिति बन्छ । पसलबाट करोडौँको चिनी र नून बिक्री हुन्छ ।
कर्पोरेशनबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दूग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । दसैँअघि खुल्ने त्यस्ता पसलले छठसम्म उपभोक्तालाई सेवा दिन्छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: