Khabar Dabali ५ माघ २०७८ बुधबार | 19th January, 2022 Wed
Life insurence

राष्ट्र बैंकद्वारा सूचना जारी गर्दै केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएकोे हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने र साउनदेखि आयात रोकिएको छ ।  

विसं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा  आयात गर्न  रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षदेखि लगाइएको प्रतिबन्द खुला गर्दै आयातामा कोटा प्रणाली लागू गरेको थियो । सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतिका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त वस्तु आयातका लागि आवेदन माग गरेको थियो । सीमित कोटा राखेर आयात खुला गरिएका वस्तु तीन महिनापछि पुन: बन्द गरिएको हो ।यसअघि २०७६ चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा सरकारले रोक लगाएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वडाध्यक्षले टुहुरा बालबालिकाको अभिभावकत्व लिने

देउखुरी । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएक...

मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिकको मृत्यु

दमक । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् ।  भारतीय नम्बर प्ल...

कर्णाली प्रदेशद्वारा बाढीपीडितका लागि १२ करोड निकासा

कर्णाली । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीग...

कोरोना रोकथामका लागि भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ...

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न २ अर्ब अपुग

६ महिनामा निगम १९ अर्ब घाटा

मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति राख्दै जनकपुरमा पुत्ला जलाएर विरोध

जनकपुर  । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएक...

‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन्’

झापा । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक ...

कोरोनाको नि:शुल्क परीक्षण गर्न माग

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को नि:शुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरब...

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

काबुल । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिए...

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ । राष्ट्रिय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page