Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दशैँका लागि च्याङ्ग्रा लिन हिँडे व्यापारी

रासस

बागलुङ ।  दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।

दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दु:खजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् । “यस वर्ष सय/डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ”, केसीले भने, “जोमसोममै च्याङ्ग्राको मूल्य रु दश हजारसम्म बढेको छ ।”

मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताए । दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।

स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए । अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैँमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् ।

अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याउनुभएको थियो । कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । “मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्”, उनले भने । च्याङ्ग्रा कम आउनु र बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

पछिल्ला चार वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएका  केसीले महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाए । उनको सदरमुकामका मासु पसलसमेत छ । गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो रु १४ सय पुगेको थियो ।

यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: