एजेन्सी । मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले शनिबार जनाएको छ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले भने, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मालीका अधिकारीहरुलाई आक्रमणकारीहरूको पहिचान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ताकि उनीहरुलाई छिटो भन्दा छिटो न्यायको दायरामा ल्याउन सकियोस्। महासचिव गुटेरेसले शान्ति सेनाहरू बिरूद्धका हमलाहरू अन्तरराष्ट्रिय कानून बमोजिम युद्ध अपराध हुनेबताएका छन्।
संयुक्त राष्ट्रसंघकामहासचिव गुटेरेसले मालीका अधिकारीहरूलाई फोन गरी संयुक्त राष्ट्रसंघले माली सरकार र जनतालाई दिएको समर्थनको पुष्टि गरे र मारिएका इजिप्टका सैनिकको परिवारप्रति र सरकार एवं इजिप्टका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
माली २०१२ देखि एक इस्लामिक चरमपन्थी विद्रोहलाई नियन्त्रण गर्न कोसिस गरिरहेको छ। २०१३ को फ्रान्सेली नेतृत्वको सैन्य अभियानको सहयोगमा मालीको उत्तरी शहरहरूमा चरमपन्थी विद्रोहीहरुलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो।
विद्रोहीहरु चाँडै मरुभूमिमा पुनर्गठित भए अनि मालीकासेना र यसका सहयोगीहरूका विरुद्ध निरन्तर हमला गरिरहेका छन् ।
चरमपन्थीहरुले मध्य मालीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्, जहाँ उनीहरूको उपस्थितिले यस क्षेत्रका जातीय समूहहरू बीच तनाव बढेको छ।
इस्लामिक चरमपन्थीहरूले उत्तरका प्रमुख शहरहरुको नियन्त्रण लिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति मिशन २०१३ देखि मालीमा रहेको छ। यो शान्ति सेनाका लागि सबैभन्दा घातक बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: