Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा पाइने

खबरडबली संवाददाता

काठमाडौँ । के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? वा फोहर फाल्ने ठाउँमा फाल्ने गर्नुभएको छ ? यदि यसो गर्ने गर्नुभएको छ भने अब प्लाटिककै बोतलमा प्लाष्टिक कोचोर थुपार्नुहोस् पैसा पाइन्छ । 
 
्रप्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ । बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गर्नुभएको हो । खरिद गरिएको बोतल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैँचा र स्तम्भ निर्माणमा प्रयोग गरिने भएको छ ।
 
गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन्  ।
 
समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिँदै प्लाष्टिकका झोला बोतलमा राखेर बगैँचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गर्नुभएको थियो । घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफैँ व्यवस्थापन गर्न  प्रेरित गरिएको थियो ।

विसं २०७० फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएका उनले  वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर  समुदायलाई सचेत गराउँदै आएका छन् ।  ‘मुहानदेखि नै वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले  सुनाए । 
 
समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाँदेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रुपैयाँमा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुँदै आएको छ । 

सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई सङ्कलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ ।

नारायणटार मार्ग भनिने मडगालका महिलाले यो अभियानलाई निरन्तरता दिने भएका छन् । प्लाष्टिक कोचिएका बोतल निःशुल्क दिन चाहे पनि अभियानकर्मी पुडासैनीले मिहिनेतको फल दिनुभएकाले त्यसमा थप गरेर गोठाटारस्थित गाई बाच्छा संरक्षण अभियानलाई हस्तान्तरण गरिने समितिका अध्यक्ष वसन्ती लामाले बताए । अभियानलाई हस्तान्तरण गरिसकेपछि आजै अर्को एक धोक्रो बोतलमा भरिएका प्लाष्टिक समितिलाई प्राप्त भएको जनाइएको छ ।

मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औँ हप्ताको कार्यक्रम आज गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending