काठमाडौँ । के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? वा फोहर फाल्ने ठाउँमा फाल्ने गर्नुभएको छ ? यदि यसो गर्ने गर्नुभएको छ भने अब प्लाटिककै बोतलमा प्लाष्टिक कोचोर थुपार्नुहोस् पैसा पाइन्छ ।
्रप्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ । बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गर्नुभएको हो । खरिद गरिएको बोतल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैँचा र स्तम्भ निर्माणमा प्रयोग गरिने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन् ।
समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिँदै प्लाष्टिकका झोला बोतलमा राखेर बगैँचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गर्नुभएको थियो । घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफैँ व्यवस्थापन गर्न प्रेरित गरिएको थियो ।
विसं २०७० फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएका उनले वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउँदै आएका छन् । ‘मुहानदेखि नै वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले सुनाए ।
समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाँदेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रुपैयाँमा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुँदै आएको छ ।
सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई सङ्कलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ ।
नारायणटार मार्ग भनिने मडगालका महिलाले यो अभियानलाई निरन्तरता दिने भएका छन् । प्लाष्टिक कोचिएका बोतल निःशुल्क दिन चाहे पनि अभियानकर्मी पुडासैनीले मिहिनेतको फल दिनुभएकाले त्यसमा थप गरेर गोठाटारस्थित गाई बाच्छा संरक्षण अभियानलाई हस्तान्तरण गरिने समितिका अध्यक्ष वसन्ती लामाले बताए । अभियानलाई हस्तान्तरण गरिसकेपछि आजै अर्को एक धोक्रो बोतलमा भरिएका प्लाष्टिक समितिलाई प्राप्त भएको जनाइएको छ ।
मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औँ हप्ताको कार्यक्रम आज गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: