Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

यस्तो छ एमाले महासचिव ईश्वर पोखरेलले सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्‍याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ ।   
   
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण तथा त्यससम्बन्धी बुझाइमा एकरुपता आवश्यक रहेकामा जोड दिइएको छ । 

वैचारिकरुपले सुसङ्गठित आधारभूत वर्गका साथै सबै भौगोलिक क्षेत्र र समुदायमा आधारित शृङ्खलाबद्ध कमिटी प्रणाली, नेतृत्व, कमिटी र कार्यकर्ताका बीचमा गहिरो अन्तरसम्बन्ध कायम तथा परिभाषित कार्य जिम्मेवारीअनुरुप परिचालन, पार्टी नीतिअनुरुप राष्ट्रिय हित र जन सरोकारका विषयमा पार्टी पङ्क्तिको व्यापक परिचान, जीवनशैली र अनुकरणीय व्यवहारका माध्यमबाट जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै निर्वाचनका माध्यमबाट तीनै तहका सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउन प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावमा पार्टी हाल प्रतिपक्षमा रहेको अवस्थामा दबाब तथा जागरणको भूमिकाका माध्यमबाट र सरकारको नेतृत्वमा रहेको अवस्थामा ‘सुखी नेपाली : समृद्ध नेपाल’को सङ्कल्पअनुरुप समाजवादको आधार तयार गर्ने काममा जनप्रतिनिधि र पार्टी नेतृत्वको सरकारलाई मार्गदर्शन गर्नुपर्ने उल्लेख छ । 

कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा संस्थापक नेता पुष्पलालले सिद्धान्त, सङ्गठन र सङ्घर्षको तीन ‘स’को नीतिमा जोड दिएका थिए भने जननेता मदन भण्डारीले त्यसका अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने कुरामा विशेष जोड दिएका थिए ।

महासचिवको प्रतिवेदनमा पार्टी निर्माणका राजनीतिक तथा वैचारिक आधार, पार्टीको सङ्गठनात्मक सिद्धान्त र जनताको बहुदलीय जनवाद, पार्टी निर्माणमा जबज र पार्टी जीवनको लोकतान्त्रिकरण, पार्टी सङ्गठनको वर्तमान अवस्था, पार्टी निर्माणमा देखिएका समस्या र आजको सन्दर्भमा पार्टी निर्माण तथा व्यवस्थापनको कार्ययोजनाका विषयमा विस्तृत व्याख्या गरिएको छ ।

‘कम्युनिष्ट पार्टी सञ्चालन गर्ने वैज्ञानिक र विधिसम्मत सङ्गठनात्मक प्रणाली हुन्छ, त्यसलाई निश्चित दर्शन, सिद्धान्त र नीतिले मार्गदर्शन गर्दछ’, महासचिव पोखरेलले भनेका छन्, ‘विधिसम्मत प्रणालीको अभावमा बनेका सङ्गठन व्यक्ति केन्द्रित समूहजस्तो बन्न पुग्दछन्, निश्चित समयपछि त्यस्ता समुहहरूको अस्तित्व समाप्त भएर जान्छ, कम्युनिष्ट पार्टीको विभाजनमा धेरथोर वैचारिक, सैद्धान्तिक र नीतिगत कारणहरू रहे पनि मूलभूतरुपमा सङ्गठनात्मक अराजकता, वैचारिक विचलन, गुटबन्दीपूर्ण क्रियाकलाप र अवसरवाद नै मुख्य प्रवृत्तिका रुपमा रहने गरेका छन्, पार्टीमा स्थापित सङ्गठनात्मक पद्धतिको पालना र कार्यान्वयनमा भएका कमी–कमजोरीले पनि त्यसमा एकहदसम्म भूमिका खेल्ने गरेको छ ।’

प्रस्तावमा पार्टी सदस्य र कार्यकर्ताका समस्या तथा चुनौतीलाई पनि केलाइएको छ । अध्ययन र प्रशिक्षणको कमी, पार्र्टी सदस्यतामा मापदण्ड पालनाको समस्या, ठूलोे आकारका कमिटीको सञ्चालनको समस्या, वैधानिक व्यवस्थाअनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, सङ्गठनात्मक अराजकता तथा गुटबन्दीको समस्या, गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, पार्र्टी काम र कार्यकर्ताको मूल्याङ्कनको समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानकोे मुद्दामा आकर्षित हुने समस्या, पार्टी काममा दोहोरोपनको समस्या, काठमाडौँ उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसङ्गठनको प्रभावकारी परिचालनको समस्या तथा आदर्श र व्यवहारको बीचमा अन्तरविरोधजस्ता विषयलाई बुँदागतरुपमा उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपालको राजनीतिको वर्तमान अन्योल र सङ्क्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक–सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने गरी पार्टीको सङ्गठनात्मक जीवनलाई पुन:व्यवस्थित गर्न आग्रह गरिएको छ । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम नै पार्टी सङ्गठन भएकाले सोही मान्यताअनुरुप पार्टीको सङ्गठनात्मक नीति तथा प्रस्तावलाई व्यवहारमा प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान आवश्यक रहेको महासचिव पोखरेलको जोड रहेको छ । विधान महाधिवेशनको माध्यमबाट सिङ्गो पार्टी एकताबद्धरुपमा त्यस दिशामा अघि बढ्नु आवश्यक भएको प्रस्तावमा जनाइएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending