काठमाडौँ । नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने आज राजधानीमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । छैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच आज यहाँ सम्पन्न अन्तरसंवादका वक्ताले सो विषय औँल्याएका छन् ।
प्रहरी महानिरीक्षक क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षक सङ्गठन प्रमुखको रूपमा रहँदा सङ्गठनको हित एवं श्रीवृद्धिका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै सङ्गठन सुदृढीकरणका लागि उहाँहरूको योगदान महत्वपूर्ण हुने औँल्याए । उनले अवकाशप्राप्त प्रहरी महानिरीक्षकको अनुभव, राय, सुझाव एवं निर्देशन सङ्गठनको नीति निर्माण तथा सुदृढीकरणमा उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । प्रहरी महानिरीक्षक थापाले सङ्गठनको प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको जानकारी गराए ।
अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले सङ्गठनको हितको लागि यस्ता अन्तरक्रिया जरुरी रहेको औँल्याउँदै प्रहरीले जनसहभागितामूलक कार्यक्रम अभिवृद्धि गर्नुपर्न सुझाव दिए । उनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्तिविकास, हकहितका विषयमा सङ्गठन केन्द्रित हुनुपर्ने धारणा राखे । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरूङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: