Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

‘शिक्षा क्षेत्रमा लगानी बढाऔँ ’

खबरडबली संवाददाता
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामा गरिएको लगानी  खेर नजाने बताए । 
 
उनले भने, “शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन, त्यसैले सरकारले शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक छ, स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउन सक्छन् ।”
 
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो औँल्याए । उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा विद्यार्थी लाग्नुपर्नेमा जोड दिए ।
 
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पहिलोपटक स्नातकोत्तर तहमा भूकम्प र ग्रामीण विकासको विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको जनाउँदै सम्पदा संरक्षण तथा सभ्य सहर निर्माण महत्वपूर्ण रहेको बताए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending