Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

एमाले विधान महाधिवेशन: कार्यक्रम स्थलमा पुगे अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन् ।  मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । हल प्रवेशमा सुरक्षा जाँच, मास्क, सेनिटाइरको प्रयोग र थर्मन गनबाट शरीरको तापमान लिने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघरसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

सभाहल बाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागद्वार निर्माण गरिएको छ भने महाधिवेशनको प्रवेशद्वार सातदोबाटो सडकदेखि नै झण्डा राखिएका छन् । प्रवेशमार्गमा रहेको ठैव, बाँडेगाँउ, टौखेललगायतका ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन हुन लागेको हो। पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन्।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान...

कोरियाद्वारा साइबर ब्यूरो स्थापना गर्न ८० करोड आर्थिक सहयोग

काठमाडौँ । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।  सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीम...

एकै परिवारका ३ जना सुतेकै अवस्थामा मृता फेला

भीमेश्वर । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय...

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्ति सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । ...

बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइयो

काठमाडौँ ।  यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत...

एमाले एकजुट भएको सन्देश गयो: उपाध्यक्ष नेम्वाङ

चितवन । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन्  ।  ...

नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा पक्राउ

वीरगञ्ज । नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा वीरगञ्जको माईस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले  छापामारी ३२ थान ग्यास चुलो नि...

नाइजेरियामा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

अबुजा । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक...

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

टोकीयो । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएक...

परनिर्भरताबाट जोगिन चामल, दाल, तेल उद्योगको संरक्षणको माग

वीरगञ्ज । खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरिएको छ ।    चामल, तेल, दाल दैनिक जीवनमा नभई न...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page