Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

तीन हप्तामा एक सय सापुका बिरामी

खबरडबली संवाददाता

काठमाडौँ । विगत तीन हप्तामा  सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ  डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरे । भदौदेखि मङ्सिरसम्म सो रोग  देखिने गर्दछ । 

उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ । 

नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ । सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन् । 

उनले सबै सेतो पुतली हानिकारक नभएको र  कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताए । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ । 

“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उहाँले भन्नुभयो । अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन् । एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।

यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ । अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ । 

नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ  । सामान्य अवस्थामा उपचार गर्न सकेनांै भने आँखामा पिप जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन् । 

पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ । मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ । मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उहाँले जानकारी दिए । उनका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताए । 

रोकथाम
–सेतो पुतलीको संसर्गबाट टाढा रहने
–बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राखौँ । 
–राति सुत्दा बत्ती निभाएर सुतौँ । बाल्नै परे मधुरो बालौँ । सकेसम्म झ्याल ढोका बन्द गरौँ । झुल लगाएर सुत्ने गरौँ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending