Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

यसकारण सेयर बजारमा उच्च गिरावट

खबरडबली संवाददाता

काठमाडौं । वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।
गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमश: बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भई व्याजदर समेत वृद्धि हुन थालेपछि सेयर बजार प्रभावित भएको छ । कोभिड महामारी र लकडाउन लगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।

सरकारले समयमै बजेट ल्याउन नसक्नुका साथै विदेशबाट भित्रने रेमिट्यान्स समेत गिरावट आउँदा बैंकहरुमा तरलता अभाव भएको छ । यसैगरी मौद्रिक नीतिले बैंकहरुमा सिसिडि अनुपातको व्यवस्था खारेज गर्दै सिडी अनुपातको व्यवस्था लागू गर्दा पनि तरलताको रकम अभाव भएको छ ।

तरलता अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर दोहोरो अंकमा पुर्‍याएका छन् भने अन्तर बैंक सापटीदर समेत ५ प्रतिशत हाराहारीमा कायम भइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending