Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताएकी छन् ।

ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उनले जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गरिन् । मन्त्री भुसालले भनिन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।” 

जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उनले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताइन् । निरङ्कुश राजतन्त्रको समयमा पनि गरिब, उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध हुने अग्रगामी नेताका रूपमा स्थापित अष्टमान र चन्द्रबहादुर सिङ्गो कम्युनिष्ट आन्दोलनका साहसी योद्धा भएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अष्टमान र चन्द्रबहादुरसहित लाखौँ बेपत्ता र शहीदको योगदानले जनताको संविधान लेख्न सफल भएको हो । उहाँसहित दशौँ हजार शहीदलाई पार्टीले सम्झिरहन्छ ।” 

पछिल्लो समयमा जनताका अधिकारलाई घुमाइफिइराइ प्रतिगमनतर्फ लैजाने हर हर्कत पराजित गर्ने विश्वास व्यक्त गर्दै जनताकै बीचमा रहने जनविरोधलाई चिन्न सक्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ प्याकअप

काठमाडौं । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार श...

कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठको निर्देशन

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क...

मिलन लिम्बूले गरे माङसेबुङ २ मा रहेको मतदान स्थलमा मतदान

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।  माङसेबुङ...

कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्क...

इलाम–२ मा मैनालीले गरे पहिलो मतदान

काठमाडौं । संघिय सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचन सुरु भएको छ ।   बिहान ७ बजेबाट मतदान सुरु भएको हो । इलाममा बलिराम मैनालीले पहिलो मतदान गरेका...

आधुनिक घट्टले फेरिदिएको नागरिकको दैनिकी

मुगु  । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त...

इलाम–२ मा दलहरूका लागि आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ

पहिचानवादीका लागि अन्तिम परीक्षा

आजको मौसमः पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक ...

उपनिर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आज हुने उपनिर्वाचनमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै इलाम–२ मा प्रतिनिधि...

इलाम र बझाङको उपनिर्वाचनको मतदान आज

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको आज मतदान हुदै छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानका...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies