काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताएकी छन् ।
ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उनले जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गरिन् । मन्त्री भुसालले भनिन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।”
जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उनले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताइन् । निरङ्कुश राजतन्त्रको समयमा पनि गरिब, उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध हुने अग्रगामी नेताका रूपमा स्थापित अष्टमान र चन्द्रबहादुर सिङ्गो कम्युनिष्ट आन्दोलनका साहसी योद्धा भएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अष्टमान र चन्द्रबहादुरसहित लाखौँ बेपत्ता र शहीदको योगदानले जनताको संविधान लेख्न सफल भएको हो । उहाँसहित दशौँ हजार शहीदलाई पार्टीले सम्झिरहन्छ ।”
पछिल्लो समयमा जनताका अधिकारलाई घुमाइफिइराइ प्रतिगमनतर्फ लैजाने हर हर्कत पराजित गर्ने विश्वास व्यक्त गर्दै जनताकै बीचमा रहने जनविरोधलाई चिन्न सक्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: