Life insurence
Khabar Dabali २ कार्तिक २०७८ मंगलवार | 19th October, 2021 Tue
Himalayan Golden detail page

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णयहरू

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले विभिन्न चार विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

मन्त्रिपरिषद बैठकका थप निर्णय :
-सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ । 
-रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने । 
-तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
-नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
-शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।
-समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने ।
-वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
-गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने ।

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश नं १ मा ९३ सङ्क्रमित थपिए

विराटनगर । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ ज...

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : अर्थमन्त्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गररेका ...

मनसुनजन्य घटनाबाट १३६ जनाको मृत्यु

काठमाडौँ । यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएक...

६ दिन ढिला गरी मनसुन बाहिरिन सुरु

काठमाडौँ । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबा...

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि ...

ट्रकको ठक्करबाट लुइँटेलको मृत्यु

सुनसरी । दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय ल...

देउवा सरकारमा माओवादीबाट ५० प्रतिशत महिला

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा तीन जना मन्त्री सहभागी गराएको छ । माओवादीले आफूले प्राप्त गरेको भागवण्डामा ५० प्रतिशत महिला...

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । ...

थपिए ७६० जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी...

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

इरान । प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानमा १९७९ क्रान्तिपछि  बन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy