Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो

खबरडबली संवाददाता

काठमाडौँ । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ ।

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४.०८, व्यापार ४१.२६, होटल तथा पर्यटन ९०.१२, विकास बैंक १९४.१, जलविद्युत् ८०.६१, वित्त ११२.९६, निर्जीवन बीमा ४३९.२८, उत्पादन १०४.३९, अन्य ४३.०२, लघुवित्त १३२.४९, जीवन बीमा ४३७.१७, सामूहिक लगानी कोष ०.१६ र लगानी २.८६ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु १३ करोड ५१ लाख ८८ हजार ३८, हिमालयन डिस्टिलरी रु १२ करोड ९२ लाख १८ हजार ७६०, नेपाल बैंक लिमिटेड रु १२ करोड ८५ लाख ४९ हजार ६९३ र नेशनल हाइड्रोपावर रु ११ करोड ९८ लाख ४० हजार ९४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, मैलुङ ओला जलविद्युत् कम्पनी ९.९७, गोर्खाज फाइनान्स ६.०८, मिर्मिरे माइक्रोफाइनान्सको संस्थागत शेयर ४ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए ।

यसैगरी गुडविल फाइनान्स ७.८३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.७३, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सल्यानमा बाल तथा नवशिशु रोग व्यवस्थापन कार्यक्रमको समिक्षा

सल्यान  । सल्यानमा समुदायमा आधारित बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको समिक्षा गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सोमबार भोटेच...

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

दाङ । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९  भैँसी पालेका छन्  । बिहानै यादव दूध बिक्री गर्न ...

दाङमा बस र जीप एकआपसमा ठोक्किँदा तीन जना घाइते

दाङ । पूर्वपश्चिम राजमार्गको कौडिया पुलमा बसले जीपलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। काठमाडौँदेखि सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसले लम...

साेमबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । सोमबार ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०३ कम्पनीको ७४ ला...

मणिका धाममा धार्मिक मेला

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।  सो ...

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली ।  कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँ...

अनेकोट हत्याकाण्डः सम्झनाका तरेलीमा ती सुन्दर अनुहार

काठमाडौं । चैत ५ गते तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिन ।  तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते का...

लमजुङमा शिक्षिकाले गरिन् विद्यालयमै छात्रामाथि निर्घात कुटपिट

लमजुङ । लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट भएको छ ।  सुन्दरबजा...

चोरीको मोटरसाइकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । चोरीको मोटरसाइकल सहित काठमाडैंबा एक जना पक्राउ परेका छन् । मोटरसाइकलसहित पक्राउ पर्नेमा चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङ रहेका छन् ।  ...

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ

विराटनगर  । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दमकबाट...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies