Life insurence
Khabar Dabali २ कार्तिक २०७८ मंगलवार | 19th October, 2021 Tue
Himalayan Golden detail page

एमालेलाई संसदमा आउन त लाज हुनुपर्ने हो : भट्टराई

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए । उनले भने, ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’


भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए । 

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश नं १ मा ९३ सङ्क्रमित थपिए

विराटनगर । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ ज...

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : अर्थमन्त्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गररेका ...

मनसुनजन्य घटनाबाट १३६ जनाको मृत्यु

काठमाडौँ । यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएक...

६ दिन ढिला गरी मनसुन बाहिरिन सुरु

काठमाडौँ । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबा...

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि ...

ट्रकको ठक्करबाट लुइँटेलको मृत्यु

सुनसरी । दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय ल...

देउवा सरकारमा माओवादीबाट ५० प्रतिशत महिला

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा तीन जना मन्त्री सहभागी गराएको छ । माओवादीले आफूले प्राप्त गरेको भागवण्डामा ५० प्रतिशत महिला...

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । ...

थपिए ७६० जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी...

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

इरान । प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानमा १९७९ क्रान्तिपछि  बन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy