यो पेन्ट १ हजार वर्गफिटको छतमा पोतियो भने त्यसबाट १० किलोवाट बराबरको चिस्यान शक्ति अर्थात् कुलिङ पावर मिल्नेछ । यसबाट घरभित्र शितल हुनेछ ।
काठमाडौं । अमेरिकी बैज्ञानिकहरुले एसीलाई विस्तापित गर्ने एक पेन्टको आविस्कार गरेका छन् ।
संसारकै सबैभन्दा सेतो यो रङले गिनिज बुक अफ वल्डमा समेत नाम लेखाईसकेको छ । यो विषेश पेन्टले हावा चिस्याउने तथा सुर्यको प्रकाशबाट आउने तापक्रमलाई चिस्याउने काम गर्दछ ।
अमेरिकाका मेकानिकल इन्जिनियर प्रध्यापक शिउलिन रुआनका अनुसार ७ वर्षअघिबाट यो परियोजनामा का गरिएको थियो । उनी भन्छन्, –‘हामीहरुले करीब ७ वर्ष अगाडि देखि यस परियोजनाको सुरुवात गरेका थियौँ । यो योजना सुरु गर्नुअघि हामीले विश्व उष्णिकरण तथा बिजुलीको खपतका बारेमा विचार गरिरहेका थियौँ । त्यसबीच हामीलाई एउटा यस्तो पेन्ट बनाउने आइडिया आयो जसले सूर्यको प्रकाशलाई पूर्ण रुपमा परावर्तन गर्न सक्दछ ।’
घरका छत तथा बाहिरी भित्ताहरुमा यो रङ लगाउँदा सुर्यको प्रकाशलाई परावर्तन गरिदिन्छ र छत तथा घरका भित्ताहरु ठण्डा हुन्छन् । यसले एसिको परनिर्भताको मात्रै अन्त्य गर्दैन, पर्यावरणीय असर समेत कम गर्दछ । यसले विश्वको जलवायु परिवर्तनको टाउको दुखाईलाई समेत कम गर्ने बताइएको छ ।
यो पेन्ट १ हजार वर्गफिटको छतमा पोतियो भने त्यसबाट १० किलोवाट बराबरको चिस्यान शक्ति अर्थात् कुलिङ पावर मिल्नेछ । यसबाट घरभित्र शितल हुनेछ । यो पेन्ट छिट्टै नै बजारमा आउने बताइएको छ । यसलाई बजारमा ल्याउनका लागि कम्पनीहरुसँग कुराकानी भइरहेको वैज्ञानिकहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १५:३७
काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...
जेष्ठ ६ गते, २०७९ - १२:१९
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...
जेष्ठ ६ गते, २०७९ - १२:१२
हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...
जेष्ठ ६ गते, २०७९ - १२:०३
राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...
जेष्ठ ६ गते, २०७९ - ११:३३
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...
जेष्ठ ६ गते, २०७९ - १०:४७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ । राप्रपाका उम्मेदवार रामकुमार थापा...
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
प्रतिकृया लेख्नुहोस्: