Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कांग्रेस पालिका अधिवेशन : हालसम्मका नेतृत्वमा महिलाको सहभागिता शून्य

खबरडबली संवाददाता
बलेवा । आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् ।
 
नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ । आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ । 
 
सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भएका कारण निर्वाचन हुन सकेको छैन । आजसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ । 
 
बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताका विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगन भएको कांग्रेसका एक नेताले बताए । बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुङ्गो छैन । निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत निर्वाचित भएका छन्  । 
 
जैमिनी नगरपालिकामा प्रेमप्रसाद सापकोटा निर्वाचित भए । ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित भएका थिए  । निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सर्वसम्मत चयन भए । बागलुङका १० स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरपालिकाको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा निर्वाचित भए ।
 
अर्को पक्षबाट उम्मेदवार बनेका कर्ण हमाललाई उनले ६२ मतान्तरले पराजित गरे । खसेको ३८८ मतमध्ये शर्माले २२४ मत र हमालले १६२ मत प्राप्त पारे  । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता शून्य छ । कोषध्यक्ष निर्वाचित पदाधिकारीको बैठकले मनोनयन गर्ने भएकाले महिला पदाधिकारीमा ल्याउने सम्भावना बाँकी रहेको एक नेताले बताए ।
 
गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वडामा निर्विरोध नेतृत्व चयन भएको थियो । ढोरपाटन नगरपालिका–५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो । वडा तहमा समेत महिला सहभागिता छैन । “नेतृत्वमा महिला नआउनु यो दुर्भाग्य हो”, महिला नेत्री ज्ञानु श्रीष शर्माले भनिन्, “बिहानमै व्यवस्था गरेर पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्छ ।” 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies