काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्।
४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन्।
अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबर्द्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा उल्लेख गरेका छन्।
आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८१ - १७:२८
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेको छन । मङ्गलबार राष्ट्रिय...
माघ २९ गते, २०८१ - १७:०१
काठमाडौँ । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ ...
माघ २९ गते, २०८१ - १६:३५
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःश...
माघ २९ गते, २०८१ - १६:२३
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा...
माघ २९ गते, २०८१ - १६:१२
काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार स...
माघ २९ गते, २०८१ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेको छन । म...
माघ २९ गते, २०८१ - १४:२८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएको छन ...
माघ २९ गते, २०८१ - १४:१९
जेरुसेलम । सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल...
माघ २९ गते, २०८१ - १४:०७
काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएको छन । मङ्गलबार शहरी विकास मन्त्...
माघ २९ गते, २०८१ - १३:४३
काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ । मंगलबार सार्वजनिक दैनिक कार्यसूची बन्दा भ्रष्टाचार सम्बन्धी...
प्रतिकृया लेख्नुहोस्: