वीरेन्द्रनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ ।
दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कार्यसमितति चयन भएका वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । वडामा सर्वसम्मतरुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन् । दैलेखका पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मीलगायतका नेता जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेका छन् ।
जुम्लाका करिव सबै वडामा पनि सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ । जिल्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका–७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो । वडामा सर्वसम्मत पदाधिकारी छनौट भएपनि जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने अवस्था आउने कांग्रेस नेताको भनाइ छ । जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललगायतका नेता आकाङ्क्षी देखिन्छन् । हुम्लाका पनि करिव सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसैगरी सल्यान, कालिकोट र रुकुमपश्चिममा पनि वडा तहमा करिव सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन ।
कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ । प्रदेशका अधिकांश वडामा सर्वसम्मत नेतृत्व छनौट भएतापनि नगर र जिल्लामा भने चुनाव हुनसक्ने सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत नगरसभापतिका आकाङ्क्षीसमेत रहेका किरण वली बताउँछन् । “नगरका सबै वडामा सर्वसम्मत नेतृत्व छनौटको लागि तयारी भइसकेको छ”, उनले भने, “नगर र जिल्लामा भने आकाङ्क्षी धेरै भएको हुँदा चुनाव हुने सङ्केत देखिएको छ ।” अव पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षी आफ्ना प्रतिनिधि भेट्मा व्यस्त छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: