Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

चाडवाडको सुरक्षा : खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस्

खबरडबली संवाददाता

काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ ।

चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । 

सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् । उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

प्रहरीले रातको समयमा आफ्नो घर टोलमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्ने/खेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेको छ । लागूऔषध, नशालु पदार्थ सेवन, बेचविखन गर्ने कोही व्यक्ति भएमा सूचना दिन भनिएको छ ।

प्रहरीले मदिरा पिएर सवारी नचलाउन, छतमा चढेर यात्रा नगर्न, जथाभावी पार्किङ नगर्न पनि आग्रह गरेको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र कसैलाई पनि झट्ट विश्वास नगर्न पनि भनेको छ । रातको समयमा कसैले ढोका ढकढकाएमा पहिचान नभई नखोल्न, आफ्नो टोल छिमेकमा बत्तीको व्यवस्थापन गरी सम्भव भए आपतकालीन साइरन राख्न पनि सुझाव दिएको छ । 


बैँक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा सुरक्षित रुपमा विश्वासिलो व्यक्तिका साथ जान आग्रह गर्दै खतरा महसुस भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थानमा सुनका गरगहना लगाएर र धेरै पैसा बोकेर नहिड्न पनि अपिल गरेको छ । धम्कीपूर्ण फोन आएमा मिलेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीमा खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

परिसरले कालोबजारी, अवैध मदिरा बिक्री, चन्दा आतङ्क, अपहरण फिरौती, देहव्यापार गर्ने व्यक्ति टोल छिमेकमा भएमा प्रहरीमा खबर गर्न, रातको समयमा घरको झ्याल ढोका राम्ररी बन्द गर्न, घर बाहिर जाँदा विश्वासिलो मान्छे वा प्रहरीलाई जानकारी गराउन पनि उक्त अपिलमार्फत आग्रह गरेको छ । दिनको समयमा घर, डेरा खाली हुने अवस्था आएमा पनि प्रहरी युनिटलाई खबर गर्न अपिल गरेको छ । 

यस्ता गतिविधि भएमा प्रहरी कन्ट्रोलमा रहेको १००, ट्राफिक प्रहरीको १०३, महिला तथा बालबालिका खोजतलास केन्द्रको हटलाइन नम्बर १०४ तथा महानगरीय प्रहरी परिसर तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । 

चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधि बढ्ने हुँदा आपराधिक गिरोहले अवाञ्छित क्रियाकलाप गर्न सक्छन् । तीव्र गतिमा सवारी चलाउने, बढी यात्रु चढाउने, मदिरा पिएर शान्ति सुरक्षा खलल गर्ने, चोरी, अपहरण, कालोबजारी, चन्दाआतङ्क जस्ता आपराधिक क्रियाकलाप हुनसक्छ । त्यसैले सुरक्षा योजना लागू गरी उपत्यकामा प्रहरीले बढी भीडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक वित्तीय संस्था, यातायात क्षेत्रमा निगरानी बढाउन थालिसकेको छ ।

प्रहरीले ठाउँठाउँमा सुरक्षा जाँच बढाउने, सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको तथा तत्काल परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम’ पनि तयार पारेको जनाइएको छ । आकस्मिक जाँच तथा सार्वजनिक सवारी भित्रसमेत सादा पोशाकमा सुरक्षाकर्मीले निगरानी बढाएको तथा चाडवाडमा घर फर्कने यात्रुहरुको सहजताका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजिकरण गर्न थालिएको छ । महानगरीय ट्राफिक प्रहरीले समेत आवश्यक निगरानी बढाएको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending