Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रसुवागढी नाकाबाट चीनमा निर्मित सवारी साधन आयातमा बृद्धि

खबरडबली संवाददाता

रसुवा । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनि बस छ, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी तीन, डेलिभरी भ्यान दुई, ठूलोक्रेन एक, ब्याट्रीबाट चल्ने विद्युतीय कार चार, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर चार, ट्रक छ र साइकल ३६ आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । 

गत आवमा रसुवागढी नाकाबाट  साना– ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको सो कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताए । 

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।

यस्तै बडादशैँ नजिकिँदै व्यवसायीले  स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सवै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई  समान माग गरेपश्चात्  छिटो छरितो तवरले चिनियाँँ मुसा टासपोर्ट कम्पनीले  रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।

रसुवामा प्राय सवै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दो हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगि रहेको भन्सार कार्यालयले जनाएको छ । कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनको लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालबाहक सवारी साधन पार गराउन तीन दिन लाग्ने  समस्या भइरहेको बताइन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending