Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’

रासस

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञान प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले भावी दिनमा आउने जोखिम न्यूनीकरणमा निकै सहयोग गर्ने बताए । उनले भने,  “मुलुकले यी क्षेत्रमा अझै उचित ज्ञान सीपको प्रयोग गर्न नसक्दा त्यसतर्फ ध्यान दिनुपर्नेछ ।” 

सो समस्या समाधानका लागि नाष्टले अन्य वैज्ञानिकका साथै प्रविधिको समेत खोजी गर्न जरुरी रहेको आचार्यले औँल्याए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले विदेशी वैज्ञानिकको मुख ताक्ने क्रम तोडेर अब स्वदेशी वैज्ञानिकले नै केही गरेर देखाउने समय आएको धारणा राखे  । उनले भने, “महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञानलाई नै हतियारका रुपमा लिएर अघि बढ्नुपर्नेछ ।”

नाष्टका प्राज्ञ प्राडा विशालनाथ उप्रेतीले मुलुकवासीको जीउज्यानको सुरक्षाका लागि नाष्टका साथै सम्बन्धित विश्वविद्यालयले प्रविधिको व्यवस्था गर्न आवश्यक रहेको विचार व्यक्त गरे । उनले भने, “महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि हरेक स्थानीय निकायमा मौसम विज्ञान स्टेसन राख्नाका साथै नाष्टमा धेरै वैज्ञानिकको सङ्ख्या बढाउन जरुरी देखिन्छ ।”

प्राज्ञ प्राडा रमेशकान्त अधिकारीले आपत्कालीन पूर्वानुमान निगरानी व्यवस्थाका लागि वैज्ञानिकको एक समूह गठन गर्न आवश्यक रहेको बताए । सह प्राज्ञ रञ्जन दाहालले महामारी र प्रकोप व्यवस्थापनको क्षेत्रमा विगतमा भएका गल्तीलाई सच्याउँदै अघि बढ्न जरुरी भएको सुझाव दिए । उनले भने,  “हामीले स्थानीय प्रविधिको प्रयोग गरी आउँदा जोखिमको समाधान गर्नुपर्नेछ ।” 

मुख्य वैज्ञानिक डा कान्ति श्रेष्ठले आउँदा महामारीबाट जोगिन ओमेगा थ्री प्राप्त खानेकुराका साथै नेपाली भान्छामा प्रयोग हुने वस्तुलाई जोड दिँदै जान अनुरोध गरे  । वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा अध्ययन अनुसन्धानका साथै आवश्यक प्रयोगशालको पनि व्यवस्था हुनुपर्नेमा जोड दिए । 

प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले फोहर सामग्रीलाई आफूहरुले बायोचारमा प्रयोग गर्नाका साथै साना जलविद्युत्का क्षेत्रमा भएका अवसरबारे अध्ययनका साथै अनुसन्धानसमेत गरिरहेको बताए । उलने भने,  “हामीले माटो ऊर्जालाई कसरी ग्रिडमा जोड्ने भन्नेतर्फ ध्यान दिइरहेका छाँै भने पहिरो नियन्त्रणका लागि दरार र आगलागीबाट जोगाउन छत सिलको काम भइरहेको छ ।” 

मुलुकको उच्च हिमाली भागमा माइक्रो प्लास्टिक भेटिँदा हामीले पिउने पानी र हावामा समेत सोको असर रहेकाले विचार पुर्‍याउन जरुरी रहेको ढकालले जानकारी गराए । उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सो क्षेत्रमा जोखिम संवेदनशील योजना निर्माण गर्न जरुरी रहनाका साथै जलवायु परिवर्तन खाकासमेत तयार गर्न आवश्यक रहेको औँल्याए । उनले भने,  “यी वस्तु व्यवस्थापनमा तथ्याङ्क सदुपयोग गरेर राख्न आवश्यक हुनाका साथै प्रविधिको युगमा सूचनाका साथै सञ्चारलाई समेत जोड्दै जाँदा समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies