Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अमेरिका जाने लोभमा नेपाल भित्रिन्छन् रोहिङ्गा शरणार्थी

खबरडबली संवाददाता

काठमाडौँ । केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ ।

अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।

नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई रु पाँच हजार ७५०, महिलालाई रु तीन हजार ७५० र बालबालिकालाई रु दुई हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।  

केही अघि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरी मानव वेचविखन अनुसन्धान व्यूरोमा बुझाएको थियो । ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको आज एक सूचनामार्फत जनाएको छ ।  

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नजिक छाडेका थिए । त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए । अनुसन्धानमा उनीहरुलाई अवैध रुपमा  नेपालमा भित्र्याएको पाइएको छ । 

उनीहरुले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ । गिरोहले ढाकादेखि काठमाडाँैसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिइ प्रलोभनमा पारी नेपालसम्म ल्याई पु¥याएको जनाइएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending